News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले साफ यू–१७ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
- साफ यू–१७ महिला च्याम्पियनसिप भुटानमा आगामी अगष्ट २० देखि ३१ सम्म आयोजना हुनेछ।
- च्याम्पियनसिपमा नेपाल, भुटान, भारत र बंगलादेशले डबल राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछन्।
६ साउन, काठमाडौं । भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि यू-१७ राष्ट्रिय महिला टिमको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणका लागि ३५ खेलाडीको सूची सार्वजनिक गरेको हो । जसमा ५ गोलकिपर, ९ डिफेन्डर, ७ मिडफिल्डर, ७ विंगर र ७ फरवार्ड छन् ।
गत वर्ष नेपालमै भएको साफ यू-१६ महिला च्याम्पियनसिप खेलेको टिममा रहेका २३ मध्ये २२ खेलाडी यस पटक साफ यू-१७ महिला च्याम्पिनयसिपको बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । गोलकिपर सुनिता स्याङ्गतान मात्र यस पटक छनोट भइनन् ।
गत वर्ष चक्र तामाङ मुख्य प्रशिक्षक थिए भने यस पटक चेत नारायण श्रेष्ठलाई महिला यू-१७ टोलीको जिम्मेवारी दिइएको छ ।
साफ यु–१७ महिला च्याम्पियनसिप आगामी अगष्ट २० देखि ३१ सम्म भुटानमा हुनेछ । च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।
खेलहरु डबल राउण्ड रोविन लिगको आधारमा हुनेछ । लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
खेलाडीहरू : झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, भुपिका शाही, सबनम राई, दिक्षा रायमाझी, मिना चन्द, रेजिना लामा, अलिजा कुमारी बिक, ग्यान्शु डोल्मो लो, सम्झना चन्द, पुर्णिमा ताडी, अनु माझी, अंशु बिक, रबिना बिक, आयुषा गुरुङ, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, मिन माया श्रेष्ठ, सहारा लिम्बु, कृपा दाहाल, बाब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रियुले, श्रीजना बडुवाल, आशिका कार्की, अस्मिता मगर, मनिषा श्रेष्ठ, सबिना तामाङ, पूजा गिरी, पुर्णिमा थारु, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रानपाल, विपना परियार
प्रतिक्रिया 4