+

जो रुट टेस्टमा सर्वाधिक रन बनाउनेको सूचीमा दोस्रो स्थानमा उक्लिए

२०८२ साउन  ९ गते २१:१८ २०८२ साउन ९ गते २१:१८
जो रुट टेस्टमा सर्वाधिक रन बनाउनेको सूचीमा दोस्रो स्थानमा उक्लिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्याण्डका जो रुटले भारतविरुद्धको म्यानचेस्टर टेस्टमा शतक बनाउँदै टेस्ट क्रिकेट इतिहासमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
  • रुटले १५६ खेलमा १३ हजार ३८१ रन बनाएका छन् र सचिन तेन्दुलकरको १५ हजार ९२१ रनको कीर्तिमान पछाडि छन्।
  • इंग्ल्याण्डले भारतको पहिलो इनिङको ३५८ रन पार गरी १०० रनको अग्रता बनाएको छ र सिरिजमा २–१ ले अघि छ।

९ साउन, काठमाडौं । इंग्ल्याण्डका स्टार ब्याटर जो रुट टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

भारतविरुद्ध म्यानचेस्टरमा भइरहेको चौथो टेस्टको पहिलो इनिङमा शतक बनाउँदै उनले यो उपलब्धि हासिल गरेका हुन्। उनले यसअघि अक्टोबरमा एलास्टेयर कुकलाई पछि पार्दै इंग्ल्यान्डको सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए।

बिहीबार उनले राहुल द्रविड, ज्याक क्यालिस र रिकी पोन्टिङलाई पनि उछिनेर दोस्रो स्थानमा उक्लिए । उनी अब भारतका महान् ब्याटर सचिन तेन्दुलकरभन्दा पछाडि छन् । तेन्दुलकरको उनीभन्दा करिब २५०० रन बढी छ ।

रुटको १५६ खेलमा १३ हजार ३८१ (हाल ब्याटिङ गरिरहेका छन्) रन छ भने तेन्दुलकरको २०० खेलमा १५ हजार ९२१ रन छ । पोन्टिङको १६८ खेलमा १३३७८ रन थियो ।

शुक्रबार तेस्रो दिनको खेलमा ११ रनबाट ब्याटिङ सुरु गरेका रुटले ३० रन पुरा गर्दा द्रविडलाई पछि पारे, त्यसपछि अर्को बलमै एक रन लिएर क्यालिसलाई पार गरे।

शतक बनाइसकेपछि ११९ बाट १२०औं रन जोड्दा उनले पोन्टिङलाई पनि पछाडि पारे। पुरा ओल्ड ट्राफर्ड मैदान उनको सम्मानमा उभिएको थियो भने भारतका खेलाडीहरूले पनि ताली बजाएर सम्मान दिएका थिए ।

खेलमा सोही बेला कमेन्ट्री गरिरहेका अस्ट्रेलियन लिजेन्ड पोन्टिङले पनि रुटको प्रदर्शनको प्रशंसा गर्दै भने, ‘बधाई छ, जो रुट। शानदार इनिङ्स। अहिले उनी दोस्रो स्थानमा छन्, २,५०० रन सचिनभन्दा पछि। तर पछिल्ला ४–५ वर्षको उनको प्रदर्शन हेर्दा, त्यो दूरी पूरा गर्न सक्ने सम्भावना छ। जब उनी ५० रन पार गर्छन्, प्रायः ठूलो शतक बनाउँछन्। यही त महान खेलाडीको चिन्ह हो।’

इंग्ल्याण्ड यस टेस्टमा बलियो स्थितिमा छ । भारतले पहिलो इनिङमा बनाएको ३५८ रन पार गरिसकेर हाल इंग्ल्याण्ड १०० रनको अग्रताकै नजिक छ ।

५ खेलको सिरिजमा इंग्ल्यान्ड २–१ ले अघि छ र यो टेस्ट जितेको अवस्थामा एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ।

जो रुट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय