+

पोखरामा मोटर स्पोर्ट्स ओरिएन्टेसन सम्पन्न

२०८२ साउन  १० गते १५:५६ २०८२ साउन १० गते १५:५६
पोखरामा मोटर स्पोर्ट्स ओरिएन्टेसन सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी अटोमोबाइल्स एसोसिएसन र नेपाल अटोमोबाइल्स एसोसिएसनले पोखरामा मोटर स्पोर्ट्स सम्बन्धी ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेका छन्।
  • कार्यक्रममा मोटर स्पोर्ट्स इभेन्ट व्यवस्थापन, मार्सलिङ, सेफ्टी लगायत विषयमा प्रस्तुती दिइएको थियो।
  • करीब ३० सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ भने उनीहरुको रेकर्ड नासा नेपालमा राखिनेछ।

१० साउन, पोखरा । गण्डकी अटोमोबाइल्स एसोसिएसनको संयोजन तथा नेपाल अटोमोबाइल्स एसोसिएसन, मार्सल एन्ड ट्रेनिङ कमिसनको आयोजनामा मोटर स्पोर्ट्स सम्बन्धी ओरिएन्टेसन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा नासा नेपाल, मार्सल एन्ड ट्रेनिङ कमिसनका सचिव आशीष रौनियारले मोटर स्पोर्ट्सका विविध विषयमा प्रस्तुती दिएका थिए । जसमा मोटर स्पोर्ट्स इभेन्ट व्यवस्थापन, मार्सलिङ, इभेन्ट गाइडलाइन, सेफ्टी तथा इभेन्ट क्यालेन्डर जस्ता विषयहरु रहेका थिए ।

सहभागीहरुले मोटर स्पोर्ट्स सम्बन्धी विविध जानकारी लिनुका साथै मोटर स्पोर्ट्स कार्यमा संलग्न हुनका लागि आवश्यक प्राविधिक ज्ञान पाएका थिए ।

ओरिएन्टेसन कार्यक्रममा मोटर स्पोर्ट्सको विश्वव्यापी संस्था एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धिताल लगायतले सहजीकरण गरेका थिए ।

गण्डकी प्रदेश खेलकुद परिषदका सचिव ध्वज कुमार लामाले गण्डकी क्षेत्रमा मोटर स्पोर्टसका विभिन्न कार्यक्रम भइरहेको सन्दर्भ उल्लेख गर्दै मोटर स्पोर्टसलाई सुरक्षित गर्नका लागि युवाहरुका बिच गरिएको यो कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

साथै उनले आगामी दिनमा मोटर स्पोर्टसलाई अझै सुरक्षित बनाउन र यसमा युवाहरुको सहभागिता वृद्धि गर्नमा यसले भूमिका खेल्ने अपेक्षा व्यक्त गरे ।

यस्तै कार्यकममा सहभागीहकहरुले यसस किसिमका कार्यक्रम आगामी दिनमा समेत आयोजना गर्न र अझै थप ज्ञान प्रदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले यो वर्ष मोटर र्याली, ट्रान्स हिमालय एड्भेन्चर, पोखरा मोटो इन्ट्युरो, गण्डकी अटोक्रस र डीटी एमएक्स च्याम्पियनसिप सिरिजको आयोजना, आवद्धता तथा सहयोग गरिने घोषणा गरे । साथै उनले मार्सल ट्रेनिङ लगायतका विभिन्न कार्यक्रम पनि गरिने जानकारी दिए ।

गण्डकी प्रदेशमा मोटर स्पोर्टस सुरक्षित गर्न, इभेन्ट व्यवस्थापन गर्न, दक्ष मार्सल बन्न लगायतका विभिन्न क्षेत्रमा सो ओरिएन्टेसनबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ओरिएन्टेसन कार्यक्रममा पोखरा केन्द्रित राइडर, ड्राइभर तथा मोटर स्पोर्ट्समा संलग्न करिब ३० जना सहभागी थिए । ओरिएन्टेसनमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ भने उनीहरुको रेकर्ड नासा नेपालमा समेत राखिने छ ।

मोटर स्पोर्ट्स ओरिएन्टेसन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय