
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको पेन्टागन आसपास शुक्रबार दिउँसो १ बजे पिज्जाको मागमा अचानक वृद्धि भएको द पेन्टागन रिपोर्टले जनाएको छ।
- पेन्टागन पिज्जा इन्डेक्स सिद्धान्त अनुसार पेन्टागनमा आकस्मिकता हुँदा कर्मचारीले लामो समय ड्युटीमा रहेर पिज्जा अर्डर बढाउँछन्।
- सन् १९९० र हालै इरानमाथि आक्रमण अघि पनि पेन्टागनमा पिज्जाको माग असामयिक रूपमा बढेको तथ्यांक उपलब्ध छ।
भनिन्छ कि यदि कहीँ एउटा पुतलीले आफ्नो पखेटा फट्फटायो भने त्यसको असर विश्वको कुनै कुनामा ठूलो तुफानको रुपमा महसुस गर्न सकिन्छ । यसलाई बटरफ्लाई थ्योरी भनिन्छ । यो सिद्धान्तमा विश्वास राख्ने मानिसहरुको मान्यता छ कि जब चराहरु ऋचानक झुण्ड बनाएर उड्न लागेभने त्यसले भूकम्प, आँधीबेहेरी जस्ता प्राकृतिक विपदको संकेत गर्दछ ।
यस्तै एउटा विपदको पूर्वसंकेत हो, अमेरिकाको चर्चित पेन्टागन पिज्जा इन्डेक्स । भनिन्छ, जब अमेरिकाको रक्षा मनत्रालय पेन्टागन आसपासमा राति अबेरसम्म पिज्जाको अर्डर अचानक बढ्न थाल्छ, तब यसले कुनै ठूलो सुरक्षा संकट वा सैन्य गतिविधिको संकेत गर्दछ ।
गत शुक्रबार पेन्टागन आसपास पुनः यस्तै दृश्य देखियो । स्थानीय समय अनुसार दिउँसो १ बजे अचानक पिज्जाको मागमा वृद्धि भयो । द पेन्टागन रिपोर्ट नामको एक्स अकाउन्टले उक्त डेटा शेयर गरेपछि त्यो घटना एकाएक भाइरल बन्यो ।
रिपोर्ट अुनसार स्थानीय फ्रेडीज बीच बारमा ग्राहकको सामान्य भन्दा अधिक भिड देखियो । अन्य पिज्जा पसलहरुमा पनि अवस्था फरक फरक थियो । कतिपय खाली थिए भने कतिमा ग्राहकले पिज्जा हात पार्न १५ मिनेटसम्म कुर्नुपर्यो । पेन्टागन नजिकका पिज्जा पसलमध्ये केहीमा अस्वभाविक रुपमा भिड बढेको र केही खाली रहेको समाचारमा जनाइएको थियो ।
बेलुकी ७ बजेर ३६ मिनेटसम्म त्यस्तो क्रम चल्यो । उसो त शुक्रबारको साँझ मानिसहरुको गुड फ्राइडे मनाउने समय भएकाले होटल रेष्टुरेन्टमा भिड हुनु स्वभाविक हो । तर पेन्टागन नजिकै पिज्जा अर्डर बढ्ने ट्रेण्ड देखिएपछि त्यसले सोसल मिडियामा बहसको सिर्जना गरेको हो । अगष्ट २७ र २८ मा पनि यस्तै ट्रेण्ड देखिएको द पेन्टागन रिपोर्टले जनाएको छ ।
सामाजिक सञ्जाल एक्समा एकजनाले गरेको पोस्ट अनुसार पेन्टागनको नजिक रहेको मध्यरात सम्मै खुल्ने लिखा पिजाटो पिज्जामा शुक्रबार पिज्जाको अर्डर ३०३ प्रतिशतले बढ्का् थियो । आखिर पिज्जाको अर्डर बढ्नु र त्यसले यतिधेरै चर्चा पाउनुको कारण के हो ? अनि पेन्टागन आसपास पिज्जाको अर्डर बढ्दा मानिसहरु किन त्रसित भईरहेका छन् ?
वस्तवमा पिज्जा अर्डरको यस्तो आकस्मिक उछालले एकपटक फेरि पेन्टागन पिज्जा इन्डेक्स सिद्धान्तको चर्चालाई तिव्र बनाइदिएको छ । यो सिद्धान्तको मान्यता के छ भने जब पेन्टागनमा कुनै आकस्मिकता आउँछ, त्यहाँ का मगर्ने अधिकारी तथा कर्मचारीहरु लमो समयसम्म ड्युटीमा रहनुपर्छ ।
जसका कारणले गर्दा उनीहरुले कार्यकक्षमा भोक मेट्नका लागि बाहिरबाट पिज्जा मगाउँछन् । पेन्टागनका ठूलो संख्याका कर्मचारीले पिज्जा मगाउँदा आसपासमा पिज्जाको माग असमयमै अचानक बढ्दछ ।
यस सिद्धान्तका समर्थकहरुले यसका पछाडि एउटा सबूत प्रमाण पनि दिने गरेका छन् । सन् १९९० मा जब सद्दाम हुसेनले कुबेतमा हमला गरेका थिए, त्यसको एकरात अघि वासिङटन डिसीमा पिज्जाको माग अचानक बढेको थियो । पिज्जा चेन डोमिनोका मालिक फ्रयांक मिक्सका अनुसार सन् १९९१ म अपरेसन डेजर्ट स्ट्रोमअघि पनि यस्तै प्रवृत्ति देखिएको थियो ।
हालै अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमण अघि पनि पेन्टागनमा पिज्जाको अर्डर अचानक बढ्ने घटना दोहोरिएको दाबी कतिपयको छ ।
त्यसैले गत शुक्रबार पेन्टागन आसपासमा बढेको पिज्जाको मागलाई कुनै सुरक्षा आकस्मिकता, अमेरिकाको कारवाही तयारी वा हलचलसँग जोडेर हेर्न थालिएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4