+
+
Shares

प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १३:२१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको वैधतामाथि प्रश्न उठाउँदै दायर रिटलाई पूर्ण सुनुवाइमा पठाउने आदेश गरेको छ।
  • न्यायाधीश तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले प्रधानमन्त्रीलाई समर्थन गर्ने कागजातहरू झिकाउन र अग्राधिकारसहित सुनुवाइ गर्न आदेश दिएको छ।
  • अधिवक्ताले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको र विश्वासको मत नलिएको दाबी गर्दै रिट दायर गरेको थियो।

१७ भदौ, काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधातामाथि प्रश्न उठाउँदै दायर भएको रिटलाई पूर्ण सुनुवाइमा पठाउने आदेश गरेको छ ।

न्यायाधीहरू तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रधानमन्त्रीलाई समर्थन प्राप्त भएका कागजातहरू झिकाउने र अग्राधिकारसहित पूर्ण सुनुवाइ गर्ने आदेश गरेको हो ।

अधिवक्त वीरेन्द्र केसीले सरकारमा सहभागी भएको दल नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत नलिएकोले सरकारको वैधानिकता सकिएको दाबी गर्दै रिट दायर गरेका थिए ।

रिट निवेदकका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेले मंगलबार बहस गरेका थिए ।

इजलासले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने २८ असार २०८१ को पत्र, ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा समर्थन गर्ने दलहरू, नागरिक उन्मुक्ति र जसपाले दिएको समर्थनको पत्र झिकाउने आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?