
१६ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन् ।
चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई डाइलग पार्टनरबाट अब सदस्यको रुपमा अपग्रेड गर्न अनुरोध गरे ।
उनले यसका लागि नेपाल आशावादी रहेको उल्लेख गरेका छन् । नेपाल सन् २०१६ बाट एससीओको डाइलग पार्टनर छ ।
‘हामीलाई अहिले अझ एकीकृत, अझ समाहित र लचिलो एससीओको खाँचो छ, ‘प्रधानमन्त्री ओलीले भने,’ गहिरिँदै गएका भूराजनीतिक, आर्थिक र पारिस्थितिक संकटहरूलाई सामूहिक रूपमा सामना गर्नुपर्छ । नेपाल सन् २०१६ देखि एससीओको डायलग पार्टनर छ । अब पूरा सदस्यता प्राप्त गर्ने आशा राख्दछ ।’
प्रतिक्रिया 4