
News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय बिजनेस रियालिटी शो 'शार्क ट्यांक नेपाल'को पहिलो सिजनको अन्तिम २० औं एपिसोड बिहीबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुँदैछ।
- पहिलो सिजनमा उद्यमीले झण्डै ४० करोड रुपैयाँको लगानी जुटाएका छन्, जसमा सर्वाधिक डिल ६ करोड रुपैयाँको वेद एपले पाएको छ।
- शार्क तथा अग्नि ग्रुपका प्रमुख क्याबिनेट श्रेष्ठले अन्नपूर्ण ३ स्थित मारम्चे फार्मका बलराम पौडेललाई बोलेरो पिकअप भ्यान प्रदान गरेका छन्।
काठमाडौं । लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को पहिलो सिजनको प्रसारण विहिबार समाप्त हुँदैछ ।
दर्शकले राती ९ बजेदेखि हिमालय टिभीमा पहिलो सिजनको अन्तिम तथा २० औं एपिसोड हेर्न पाउनेछन् ।
१० हप्ताअघिदेखि प्रसारण सुरु भएको ‘शार्क ट्यांक’को नेपाल संस्करणले पहिलो सिजनमै सफलता हासिल गर्यो । उद्यमशिलता र नवप्रवर्तनको आइडिया पिच गर्ने उद्यमीलाई पहिलो सिजनले झण्डै ४० करोडको लगानी जुटाइदियो ।
आठौं सातासम्म शोले ३५ करोड १२ लाख रुपैयाँको लगानी जुटाइसकेको छ । पहिलो सिजनमा सर्वाधिक धेरै डिल वेद एपले ६ करोड (२० प्रतिशत इक्विटी र केपीआई)मा गरेको छ ।
शार्क हेमराज ढकालले उक्त सर्वाधिक डिल गरेका थिए । सबैभन्दा न्यून डिल चाहिँ विहे नेपाल एपले १ हजार (१ प्रतिशत इक्विटी)मा प्राप्त गर्यो ।
यसैबीच, शार्क ट्यांकमा दिएको वचनअनुसार शार्क तथा अग्नि ग्रुपका प्रमुख क्याबिनेट श्रेष्ठले कास्कीको अन्नपूर्ण ३ स्थित मारम्चे अर्गानिक कृषि फार्मका बलराम पौडेललाई महिन्द्राको बोलेरो पिकअप भ्यान प्रदान गरेका छन् ।
यसैबीच, हिमालय टिभीले दोस्रो सिजनको आवेदन खुला भएको जनाएको छ । दोस्रो सिजनको अडिसन चाँडै सुरु हुने जनाएको छ । गतसातादेखि हिमालय रोडिजको सातौं सिजनको प्रसारण पनि सुरु भएको छ ।
प्रतिक्रिया 4