+
+
Shares

पशुपति दर्शनमा बलिउड स्टार मौनी रोय (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री मौनी रोय हाल काठमाडौंमा छन् र उनले पशुपतिनाथको दर्शन गरेकी छन्।
  • मौनीले पशुपतिनाथ दर्शनका फोटो सेयर गर्दै 'पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय' लेखेकी छन्।
  • उनले सन् २०१८ मा फिल्म 'गोल्ड' बाट बलिउड डेब्यु गरेकी हुन् र सन् २०२२ को 'ब्रम्हास्त्र : पार्ट वन' मा अभिनय गरेकी छन्।

काठमाडौं । चर्चित बलिउड अभिनेत्री मौनी रोय यतिबेला काठमाडौं घुमफिरमा छिन् । प्राप्त तस्वीरमा उनले पशुपतिनाथ दर्शन गरेको देख्न सकिन्छ ।

पशुपति दर्शनका फोटो सेयर गर्दै मौनीले लेखेकी छिन्, ‘पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय ।’ उनले चौथो ज्योर्तिलिंगको दर्शन गरेको भन्दै खुसी व्यक्त गरेकी छन् ।

रोयको काठमाडौं भ्रमण धार्मिक देखिन्छ । उनी सहयोगीसहित काठमाडौंमा आएको देखिन्छ । हल्का पहेँलो कुर्थामा मौनी आकर्षक देखिएकी छन् ।

सन् २००६ को टिभी शो ‘क्यूँ कि सास भी कभी बहु थी’बाट उनले अभिनयमा डेब्यू गरेकी थिइन् । सन् २०११–२०१४ को शो ‘देवोका देव महादेव’मा उनले सतिदेवीको भूमिका निर्वाह गरिन् ।

सन् २०१५–२०१७ र २०१८ मा प्रसारण भएको टिभी शो ‘नागिन’बाट उनी भारतभर चर्चा बटुलिन् । सन् २०१८ मा रिलिज भएको अक्षय कुमार स्टारर ‘गोल्ड’बाट उनले बलिउड डेब्यू गरेकी थिइन् ।

सन् २०२२ मा रिलिज भएको आयन मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र : पार्ट वन’मा उनी जुनुन पात्रको रुपमा देखिइन् । उनी चर्चित कत्थक डान्सर समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?