News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा चौथो स्थानमा खस्किएका छन्।
- जिम्बाबेका सिकन्दर राजाले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानमा उक्लिएपछि दीपेन्द्र चौथोमा झरेका हुन्।
- नेपालले सेप्टेम्बरको अन्तिममा वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्ने तयारी गरिरहेको छ।
१ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा चौथो स्थानमा खस्किएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र चौथोमा छन् । जिम्बाबेका अलराउण्डर सिकन्दर राजा तेस्रो स्थानमा उक्लिएपछि दीपेन्द्र तेस्रोबाट चौथोमा झरेका हुन् ।
नेपाली टोलीले करिब ३ महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यसबीचमा हुने अन्य टोलीका खेलाडीहरूको प्रदर्शनले पनि अन्यको स्थानमा फेरबदल ल्याउने गर्छ ।
जिम्बाबेले हाल नामिबियासँग शृंखला खेलिरहेको छ । त्यहाँ राजाले गरिरहेको प्रदर्शनबाट उनको वरियता बढेको हो । राजाको २१० रेटिङ छ भने दीपेन्द्रको २०९ रेटिङ छ ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा हार्दिक पान्ड्या यथावत् छन् । पाँचौंमा वेस्ट इन्डिजका रस्टन चेज छन् ।
नेपालले सेप्टेम्बरको अन्तिममा वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दैछ ।
प्रतिक्रिया 4