News Summary
Generated by OK AI. Editorially reviewed.- लिभरपुलले मर्सिसाइड डर्बीमा एभरटनलाई २-१ ले पराजित गर्दै प्रिमियर लिगमा लगातार पाँच खेल जितेको छ ।
- लिभरपुलका लागि घरेलु मैदान एनफिल्डमा पहिलो आधा घण्टामै राएन ग्राभानबार्क र ह्युगो एकिटिकेले गोल गरे ।
- एभरटनका इड्रिसा गाना गुएले दोस्रो हाफमा एक गोल फर्काए पनि लिभरपुलको जितलाई रोक्न सकेनन् ।
४ असोज, काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलले मर्सिसाइड डर्बीमा छिमेकी एभरटनलाई २-१ ले पराजित गर्दै शतप्रतिशत जित यात्रा कायम राखेको छ ।
लगातार पाँच खेल जितेको लिभरपुल १५ अंकसहित शीर्ष स्थानमै कायम छ । समान खेलबाट ७ अंकसहित एभरटन सातौं स्थाना छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो आधा घण्टामै दुई गोलको अग्रता बनाएको थियो ।
लिभरपुलका लागि राएन ग्राभानबार्क र ह्युगो एकिटिकेले गोल गरे । ग्राभनबार्कले दशौँ मिनेटमा मोहमद सालाहको पासमा गोल गरेका थिए ।
यस्तै एकिटिकेले ग्राभनबार्ककै पासमा ३०औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा एभरटनले एक गोल फर्काएपनि पर्याप्त भएन । एभरटनका इड्रिसा गाना गुएले एलिमा एनडिएको पासमा गोल गरेका थिए ।
प्रिमियर लिगमा आजै ६ खेल पनि हुँदैछ । जसमा म्यानचेष्टर युनाइटेड र चेल्सीबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया 4