+

मलेसियन सुपर वुमन सिरिज : सीताले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने

२०८२ असोज  ६ गते २०:४६ २०८२ असोज ६ गते २०:४६
मलेसियन सुपर वुमन सिरिज : सीताले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियन क्रिकेट एशोसिएसनले सेप्टेम्बर २४ देखि ३० सम्म मलेसियन सुपर वुमन सिरिज आयोजना गर्ने जनाएको छ।
  • नेपाली राष्ट्रिय टोलीकी कप्तान सीता राना मगर सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने भएकी छन्।
  • सुपर गर्ल्स टोलीमा सीता र तीन अन्य नेपाली खेलाडीहरू छन् भने पूजाले साउथर्न जागुअर्सको उपकप्तानी पाएकी छिन्।

६ असोज, काठमाडौं । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली राष्ट्रिय टोलीकी अनुभवी अलराउण्डर सीता राना मगरले पनि एक टोलीको कप्तानी गर्ने भएकी छन् ।

मलेसियन क्रिकेट एसोसियसनलने सार्वजनिक गरेअनुसार सेन्ट्रल सुपर गर्ल्सको कप्तानी सीताले गर्ने भएकी हुन् । यसअघि साविक विजेता टिम वेस्टर्न वन्डर वुमनको कप्तानी इन्दु बर्माले गर्ने घोषणा भइसकेको छ ।

सुपर गर्ल्सको टोलीमा सीतासहित ४ नेपाली खेलाडी छन् । सीतासँगै यशोदा विष्ट, राजमती ऐरी र रिया शर्माले पनि यही टोलीबाट खेल्ने छन् ।

यस्तै साउथर्न जागुअर्स टोलीको उपकप्तान पूजा महतो चयन भएकी छन् । उक्त टोलीमा पूजासँगै रुबिना क्षेत्री र सोमु विष्ट पनि छन् ।

तेस्रो संस्करणका रूपमा आयोजना हुन लागेको यो प्रतियोगितामा यस पटक पाँच टोलीहरू- सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन  प्रतिस्पर्धामा हुनेछन्।

२०२० मा भएको पहिलो संस्करणमा ६ मुलुकका खेलाडीहरूले सहभागिता जनाएका थिए भने २०२४ को संस्करणमा ९ मुलुकका खेलाडीहरू खेलेका थिए।

उद्घाटन संस्करणमा नर्थन क्वीन्स विजेता बनेको थियो भने दोस्रो संस्करण वेस्टर्न वन्डर वुमनले जितेको थियो। यसपटक उनीहरू उपाधि रक्षा गर्ने अभियानमा हुनेछन् ।

यस सिरिज नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर मात्र नभएर मलेसियाविरुद्धको टी-२०आई शृंखला र टी-२० विश्वकपको ग्लोबल छनोट तयारीका लागि पनि महत्वपूर्ण हुनेछ ।

यस्तो छ टोली :

 

इन्दु बर्मा नेपाली महिला क्रिकेटर मलेसियन सुपर वुमन सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय