+

क्रिस्टल प्यालेससँग लिभरपुल पराजित, सिटीको फराकिलो जित

२०८२ असोज  १२ गते ७:४२ २०८२ असोज १२ गते ७:४२
क्रिस्टल प्यालेससँग लिभरपुल पराजित, सिटीको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टल प्यालेसले प्रिमियर लिगमा साविक विजेता लिभरपुललाई २-१ ले पराजित गर्दै लिभरपुलको अपराजित यात्रा ब्रेक गरेको छ।
  • एडी एनकेतिहले इन्जुरी टाइमको सातौं मिनेटमा निर्णायक गोल गर्दै प्यालेसलाई जित दिलाएका थिए।
  • म्यानचेष्टर सिटीले एर्लिङ हालान्डको दुई गोल मद्दतमा बर्नलेलाई ५-१ ले पराजित गरेको छ।

१२ असोज, काठमाडौं । प्रिमियर लिगमा साविक विजेता लिभरपुलको अपराजपत यात्रालमा क्रिस्टल प्यालेसले ब्रेक लगाएको छ । शनिवार भएको खेलमा प्यालेसले लिभरपुललाई २-१ ले पराजित गरेको हो । यो सँगै यस सिजन लिभरपुलको शतप्रतिशत जित यात्रामा ब्रेक लागेको छ ।

एडी एनकेतिहले इन्जुरी टाइमको सातौं मिनेटमा निर्णायक गोल गर्दै प्यालेसले जित हात पारेको हो ।

त्यसअघि घरेलु मैदानमा इस्माइला सारले सातौं मिनेटमै गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । फेडेरिको चिएसाले ८७औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल गरेका थिए । त्यसपछि खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला एनकेतिहले गोल गर्दै प्यालेसलाई जित दिलाए ।

लिभरपुलको अपराजित यात्रा ब्रेक गरेको प्यालेस यस सिजन लिगमा अपराजित रहने एक्लो टिम बनेको छ । ६ खेलबाट १२ अंक जोडेर प्यालेस दोस्रो स्थानमा उक्लेको छ ।

पराजित भएपछि लिभरपुल ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमै छ ।

अर्बो खेलमा एर्लिङ हालान्डको दुई गोल मद्तमा म्यानचेष्टर सिटीले बर्नलेलाई ५-१ ले पराजित गरेको छ । सिटीका माथेउस नुनेनजले एक गोल गरे भने बर्नलेका म्याक्सिम इस्टिभले दुई आत्मघाती गोल गरे ।

जितपछि म्यानचेष्टर सिटी ६ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

यस्तै अन्य खेलमा ब्राइटनले चेल्सीलाई ३-१ ले पराजित गर्दा म्यानचेष्टर युनाइटेड पनि ब्रेन्टफोर्डसँग ३-१ ले नै पराजित भएको छ । बर्नमाउथ र लिड्सले २-२ को बराबरी खेले भने सन्डरल्याण्डले नटिङहम फरेस्टलाई १-० ले पराजित गरेको छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय