+
+
Shares

मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:५५

२३ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ बीपी राजमार्गको अवस्था अवलोकन गर्न आज काभ्रे जाँदैछन् ।

बाढीपहिरोले क्षतविक्षत बनाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न घिसिङ काभ्रे जान लागेका हुन् ।

टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत पनि रहने छन् ।

यही असोज १७, १८ र १९ गतेको वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ । कुनैकुनै ठाउँमा पैदल हिँड्ने समेत बाटो नहुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । उनीहरु भिरको पहरो समाउँदै जोखिमपूर्ण तरिकाले हिँडेको फोटो भिडियो हालै सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?