
News Summary
Generated by OK AI. Editorially reviewed.- तिहार भाइटीकाको अवसरमा बिहीबारदेखि दयाहाङ राई र विजय बराल स्टारर फिल्म ‘वरिष्ठ बलराम’ देशब्यापी प्रदर्शनमा आएको छ।
- निर्देशक सुरेन्द्र पौडेलले फिल्मले मनोरञ्जनसँगै प्राकृतिक स्रोतको दोहनको सामाजिक सन्देश दिएको बताए।
- बिहीबारदेखि अर्को नेपाली फिल्म ‘सोल्टिनी’ पनि प्रदर्शनमा आएको छ।
काठमाडौं । तिहार भाइटीकाको अवसर पारेर बिहीबारदेखि फिल्म ‘वरिष्ठ बलराम’ रिलिज भएको छ ।
दयाहाङ राई र विजय बराल स्टारर यो फिल्म देशब्यापी प्रदर्शनमा आएको हो । दयाहाङ र विजयको घम्साघम्सी रहेको फिल्म हेर्न बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् ।
पहिलो शोदेखि नै फिल्मले राम्रो प्रतिक्रिया पाएको निर्माताले जनाएका छन् । दर्शकले फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिएको बताएका छन् ।
कतिपय दर्शकले ‘माटो सुहाउँदो स्टोरी’ भनेका छन् । फिल्मले प्राकृतिक स्रोतको दोहनको कथा उठान गरेको छ । जसलाई दर्शकले रुचाएका छन् ।
‘पजेटिभ रिभ्यु’ पाएपछि निर्देशक सुरेन्द्र पौडेल फिल्म चल्नेमा आशावादी देखिए । अभिनेता विजय बराललगायतका कलाकार दर्शक भेट्न बिहानैदेखि हल भिजिटमा छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीको पनि अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको फिल्मका कार्यकारी निर्माता प्रदीप धामी र पुस्कर घिमिरे हुन् ।
बिहीबारदेखि अर्को नेपाली फिल्म ‘सोल्टिनी’ पनि प्रदर्शनमा आएको छ ।
प्रतिक्रिया 4