+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
10/1 (2.4)
Shares

मविरुद्ध कोही नउठ्ला भन्ने आशा अझै छ : अध्यक्ष ओली

‘अब मेरो उठ्ने नउठ्ने भन्ने कुरा । अलिकति परिस्थिति त्यस्तोतिर गएको देख्दिनँ,’ ओलीले भने, ‘फेरि आशा छ, मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध जित्छु भन्ने छ । मलाई त्यो आशा छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १४:४९

२५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध कसैले उम्मेदवारी नदिने आशा अहिलेसम्म राखिरहेको बताएका छन् ।

बिहीबार राजधानीमा सञ्चारकर्मीसँगको अन्तर संवादमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

तैपनि परिस्थिति त्यतातिर गएजस्तो आफूलाई नलागेको उनले बताए ।

‘अब मेरो उठ्ने नउठ्ने भन्ने कुरा । अलिकति परिस्थिति त्यस्तोतिर गएको देख्दिनँ,’ ओलीले भने, ‘फेरि आशा छ, मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध जित्छु भन्ने छ । मलाई त्यो आशा छ ।’

साथै, उनले यसबारे भोलि बैठक बसेर टुंगिने पनि जानकारी गराए । भोलि अघि बढाउने प्रस्ताव सहमतिबाटै अघि बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?