२५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने मान्छे आफू नै भएको बताएका छन् ।
बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर संवादका क्रममा उनले यस्तो बताएका हुन् ।
‘पार्टीमा हराइन्छ, हारिन्छ, जसरी होस् म हारेँ भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको सिकायत गरिनँ । आठौंमा हराइँए, नवौंमा लडेर जितेँ,’ ओलीले भने, ‘पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले गरेको हुँ । अरु पार्टीमा पनि मैले विभिन्न हिसाबले चर्को दबाब दिएको हुँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4