+
+
Shares

भृकुटीमण्डपमा कार्यक्रम गर्न एमालेलाई आजसम्मको मात्रै अनुमति

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मञ्च व्यवस्थापन समितिका स‌ंयोजक विनोद श्रेष्ठले पनि आजसम्मका लागि कार्यक्रम स्थल भाडामा रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १६:४२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप आज मात्र भाडामा लिएको छ।
  • एमाले सचिव योगेश भट्टराईले भृकुटीमण्डपमा भोलि कार्यक्रम गर्न अनुमति नभएको जानकारी दिनुभयो।
  • स्थायी कमिटी सदस्य विनोद श्रेष्ठले आज रातभरमा निर्वाचनका कार्यक्रमहरू सक्ने बताउनुभयो।

१ पुस, काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ । यसअनुसार एमालेले आज मतदान प्रक्रिया सक्नैपर्ने हुन्छ ।

भोलि (बुधबार)देखि भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति प्राप्त नभएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘आज समयमै मतदान सुरु भएन। अब राति मतदान सुरु हुने कुरा छ,’ भट्टराईले भने, ‘यो ठाउँ आजको लागि मात्र हाम्रो हो । भोलिबाट यो अरु कसैको हो। त्यसैले आजै सक्नुपर्ने बाध्यता रहेको निर्वाचन आयोगले हामीलाई भनेको छ ।’

त्यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मञ्च व्यवस्थापन समितिका स‌ंयोजक विनोद श्रेष्ठले पनि आजसम्मका लागि कार्यक्रम स्थल भाडामा रहेको बताए । उनले भने, ‘आजसम्मका लागि कार्यक्रम स्थल भाडामा लिएका हौँ । आजै रातभरमा निर्वाचनका कार्यक्रमहरू सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?