+
+
Shares

हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १८:४१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा काठमाडौँको कपनबाट पक्राउ परेका छन्।
  • उनीलाई पक्राउ गरी पाँचथर पठाइएको सीआईबीका एआईजी मनोज केसीले अनलाइनखबरलाई जानकारी दिए।

१ पुस, काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । कुमार, विश्वक्रान्ति, देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले अनलाइनखबरलाई जानकारी दिए ।

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको केसीको भनाइ छ ।

उनीविरुद्ध श्यामबहादुर तामाङसहितले जाहेरी दिएका थिए। उनी ०६८ साल फागुन १५ गते काठमाडौँको बबरमहलस्थित आयल निगमको गेटमा टाइम बम विस्फोट गराइ ३ जनाको मृत्यु भएको घटनामा मुछिएका उनी ०६९ असार १२ गते पाँचथरको भुसपातेमा विस्फोटक पदार्थसहित पक्राउ परेका थिए।

उनी कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर कारागार चलान भएका थिए। केन्द्रीय कारागारबाट २०७६ फागुन ११ ६ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए।

पाँचथर जिल्ला प्रहरी कार्यालयमा दायर भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका उनी अहिले पक्राउ परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?