News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट बुटवलमा सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित भएका छन्।
११ पुस, काठमाडौं । नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन् । बिहीबार बुटवलमा सम्पन्न आठौं अधिवेशनबाट भट्ट अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष भट्टले कोरिया सियोलस्थित ह्यांगयांग विश्वविद्यालयबाट जनस्वास्थ्य नीतिमा स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या विज्ञानमा एमफिल अध्ययन पूरा गरेका छन् ।
भट्टको नेतृत्वमा नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा विश्व बन्धु विनायी निर्वाचित भएका छन् । उपाध्यक्षमा मीना श्रेष्ठ, बसन्त कुमार आचार्य, हरिहर तिवारी, रमेश दाशौदी, हर्क बहादुर खड्का, मुरारी आचार्य, शारदा कुमारी यादव, केदारनाथ शाह र कमल नारायण चौधरी चयन भएका छन् ।
यसैगरी महासचिवमा विष्णु लामिछाने, उपमहासचिवमा दिलेन्द्र श्रेष्ठ, जगेन्द्र मण्डल, डबल बहादुर बिसी, निखिल पोखरेल र अनिल सेन ठकुरी निर्वाचित भए । सचिवहरूमा चिरञ्जीवी पाण्डे, मदन पोखरेल, प्रतिभा सिंह र तारा बहादुर बस्नेत निर्वाचित भए । कोषाध्यक्षमा सुरेश दवाडी र सह-कोषाध्यक्षमा शेर बहादुर खत्री निर्वाचित भए ।
नेपाल स्वास्थ्यकर्मी संघ नेपाली कांग्रेसनिकट स्वास्थ्यकर्मीहरूको संगठन हो ।
प्रतिक्रिया 4