+

डब्लुएचओ नागरिक समाज आयोगको ‘स्टियरिङ कमिटी’ मा नेपालकी जुनू श्रेष्ठ चयन

२०८२ पुष  २५ गते १२:५९ २०८२ पुष २५ गते १२:५९
डब्लुएचओ नागरिक समाज आयोगको ‘स्टियरिङ कमिटी’ मा नेपालकी जुनू श्रेष्ठ चयन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टियरिङ कमिटीमा नेपालबाट जुनू श्रेष्ठ चयन भएकी छिन्।

२५ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नागरिक समाज आयोगको ‘स्टियरिङ कमिटी’ मा नेपालबाट जुनू श्रेष्ठ चयन भएकी छिन्। विश्वभरका ५०० भन्दा बढी नागरिक समाज संस्थाहरू आबद्ध रहेको यस आयोगको नेतृत्वदायी निकायमा प्रतिनिधित्व गर्ने श्रेष्ठ एकमात्र नेपाली हुन्।

विश्व स्वास्थ्य नीति निर्माण, कार्यक्रम कार्यान्वयन र उत्तरदायित्वमा नागरिक समाजको सशक्त सहभागिता सुनिश्चित गर्ने उद्देश्यले डब्लुएचओले यो आयोग स्थापना गरेको हो।
आयोगको सर्वोच्च अङ्गको रूपमा रहेको स्टियरिङ कमिटीले समग्र रणनीतिक दिशा तय गर्ने, कार्ययोजना निर्माण गर्ने र डब्लुएचओसँगको सहकार्यलाई समग्र विश्वमा तथा राष्ट्रिय तहमा सुदृढ बनाउने भूमिका निर्वाह गर्छ ।

आयोगको ‘स्टियरिङ कमिटी’ चयन भएकी श्रेष्ठ हाल इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसुमा सिनियर पोलिसी एन्ड एड्भोकेसी म्यानेजरका रूपमा रूपमा कार्यरत छिन् ।

विश्वव्यापी आँखा स्वास्थ्य नीति र बहुपक्षीय वकालतमा उनको लामो अनुभव रहेको छ । यसका साथै, उनी नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा समेत नीतिगत तहमा क्रियाशील छिन्।

श्रेष्ठले आफ्नो भूमिकामार्फत विश्वभरका नागरिक समाजका साझा चासो र अनुभवलाई डब्लुएचओको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिन् ।

जुनू श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय