+

भारतको म्याक्स अस्पतालमा दुई नेपालीमा रहेको जटिल क्यान्सरको सफल उपचार

२०८२ माघ  १९ गते १९:२४ २०८२ माघ १९ गते १९:२४
भारतको म्याक्स अस्पतालमा दुई नेपालीमा रहेको जटिल क्यान्सरको सफल उपचार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालले जटिल क्यान्सर रोग भएका दुई नेपाली बिरामीको सफल उपचार गरेको छ।

१९ माघ, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालले जटिल क्यान्सर रोग भएका दुई नेपाली बिरामीको सफल उपचार गरेको छ । अस्पतालका चिकित्सकहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।

पहिलो केसमा ७३ वर्षीया नेपाली महिलामा मलद्वारको क्यान्सर पुष्टि भएको थियो । बिरामी रक्तश्रावको लक्षण देखिएपछि अस्पताल पुगेकी थिइन् । परीक्षण गर्दा क्यान्सर आन्द्राबाट बाहिर फैलिएको र नजिकका लिम्फ नोडसम्म पुगेको पाइएको थियो । बिरामीलाई प्रारम्भमा किमोथेरापी र रेडियोथेरापी दिइएको थियो ।

अपेक्षित सुधारन नदेखिएपछि म्याक्स अस्पतालको चिकित्सक टोलीले उपचार योजना परिमार्जन गरी सर्जरीमार्फत ट्युमर हटाउने रणनीति अपनायो । न्यूनतम आक्रामक प्रविधिबाट गरिएको शल्यक्रियापछि क्यान्सर पूर्ण रूपमा हटाइएको दावी चिकित्सकहरूको छ । चिकित्सकहरूका अनुसार उपचारपछि बिरामीको अस्थायी स्टोमा हटाइ सामान्य मल नियन्त्रण पुनःस्थापित गरिएको छ

दोस्रो केसमा ६५ वर्षीय नेपाली पुरुषमा पित्त नलीको क्यान्सर पुष्टि भएको थियो। जन्डिस देखिएपछि गरिएको परीक्षणमा पित्त नलीमा क्यान्सर रहेको र त्यो कलेजोसम्म फैलिएको देखियो ।

प्रारम्भिक चरणमा पित्त नलीको अवरोध हटाउन प्रक्रिया गरियो । त्यसपछि किमोथेरापीमार्फत रोग नियन्त्रण गरी प्रमुख कलेजो शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। शल्यक्रिया सफल भएको र पछिल्लो परीक्षणमा रोग पुनःदेखिएको प्रमाण नभएको चिकित्सकहरूले बताएका छन् ।

म्याक्स अस्पतालका प्रिन्सिपल डाइरेक्टर डा. विवेक मंग्लाले भने, ‘जटिल क्यान्सरमा बिरामीलाई रोग नियन्त्रण र उपचारपछिको जीवनस्तरबारे ठूलो चिन्ता हुन्छ । समयमै मूल्याङ्कन, समन्वित विशेषज्ञ उपचार र योजनाबद्ध रणनीतिले जटिल क्यान्सर पनि प्रभावकारी रूपमा नियन्त्रण सम्भव छ ।’

यसै क्रममा म्याक्स अस्पतालको टोलीले काठमाडौंमा निरन्तर चिकित्सकीय शिक्षा कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा काठमाडौं तथा आसपासका ९० भन्दा बढी चिकित्सक तथा विशेषज्ञ सहभागी भएको अस्पतालले जनाएको छ । कार्यक्रममा जटिल क्यान्सरका केसहरू, क्लिनिकल अनुभव र उत्कृष्ट अभ्यासबारे छलफल गरिएको थियो।

अस्पतालले नेपाल–भारतबीच क्यान्सर उपचारमा ज्ञान आदानप्रदान, शैक्षिक सहकार्य र क्षमता विकासमा प्रतिबद्ध रहेको जनाएको छ।

म्याक्स हेल्थकेयर भारतको सबैभन्दा ठूला स्वास्थ्य सेवा नेटवर्कहरूमध्ये एक हो  यसले २० अस्पतालमार्फत ३० भन्दा बढी विशेषज्ञतामा ५,२०० भन्दा बढी शैया र ५,००० भन्दा बढी चिकित्सकसहित विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

क्यान्सर म्याक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम