+
+
Shares

सीएफमोटोको २५० डुअल ईएफआई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऋषि ट्रेड सेन्टरले नेपालमा २५० डुअल ईएफआई मोटरसाइकल सार्वजनिक गरेको छ।
  • मोटरसाइकलमा २४९ सीसी क्षमताको एक सिलिन्डर ईन्धन इन्जेक्सन प्रणाली छ।
  • मोटरसाइकलको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

१ चैत, काठमाडौं । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअल ईएफआई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतिनिधि, मोटरसाइकल पारखी तथा सञ्चारकर्मीको उपस्थितिमा मोटरसाइकल सार्वजनिक गरिएको हो । ‘मोटरसाइकल विभिन्न सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘प्रदर्शन, टिकाउपन र बहुउपयोगितामा यसले सन्तुलन प्रदान गर्ने विश्वास छ ।’

सामान्य र अफरोड सडकका लागि समेत उपयोगी यस मोटरसाइकलमा २४९ सीसी क्षमताको एक सिलिन्डर इन्धन इन्जेक्सन प्रणाली भएको इन्जिन जडान गरिएको छ । ‘यसले राम्रो शक्ति र इन्धन दक्षता प्रदान गर्नुका साथै इलेक्ट्रोनिक फ्युल इन्जेक्सन प्रणालीका कारण थ्रोटल प्रतिक्रिया सहज हुन्छ भने इन्धन खपत कम हुन्छ ।’

२४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले यो मोटराइकल नेपालको भौगोलिक सडक अवस्थाका लागि उपयुक्त मानिएको छ । ‘यसमा डिस्क ब्रेक र उन्नत ब्रेक प्रणाली जडान गरिएको छ, जसले सवारी सुरक्षामा सहयोग पुर्‍याउने छ’ कम्पनीले भनेको छ ।

सीएफमोटो २५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रिन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?