News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ को नियति पुनः नदोहोरिने ग्यारेन्टी दिनुपर्ने बताएकी छिन्।
- उनले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरिन्।
- बमले भनिन्, 'जनताका छोराछोरी मार्न पाइँदैन' र सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गरिन्।
१ चैत, काठमाडौं । जेनजी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुन: दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएकी छिन् ।
आइतबार माइतीघर मण्डलामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरिन् ।
अब बन्ने सरकारले शपथ लिनुअघि जेन–जी पुस्तासँग संकल्पन गर्नुपर्ने उनको भनाइ छ ।
‘एउटा महत्त्वपूर्ण कुरा के हो भने अब बन्ने सरकारले भदौ २३ र २४ को नियति फेरि नेपाली जनताले भोग्नु नपर्ने ज्ञारेन्टी चाहीँ हामीलाई दिनुपर्छ । उनीहरुले शपथ ग्रहण गर्नु अगाडि हामीसँग पनि एक किसिमको संकल्प गर्नुपर्छ होला कि यस्तो नियति फेरि नेपाली जनताले भोग्नु नपरोस्,’ उनले भनिन् ।
राज्य शक्तिशाली भएपनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने उनले बताइन् ।
बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने बताए ।
‘जनताका छोराछोरी मार्न पाइँदैन । जतिसुकै शक्तिशाली सरकार भएपनि जनताका छोराछोरी मार्न पाइँदैन भन्ने स्पष्ट सन्देश बुझ्नुपर्छ । अरु त समयक्रमसँगै परिवर्तन हुने कुराहरू हुन् । उहाँहरूले सुशासनका कुरा बुझ्नुभएको छ । त्यसैले आशावादी रहँदै खबरदारीपूर्ण समर्थन गर्छौं,’ बमले भनिन् ।
प्रतिक्रिया 4