+
+
Shares

२७ औं फ्लोरा एक्स्पो ५ चैतदेखि, सवा करोडको कारोबार हुने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्लोरिकल्चर एसोसिएसन नेपालले काठमाडौंमा ५ देखि ८ चैतसम्म २७ औं फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ।
  • एक्स्पोमा ५०० भन्दा बढी प्रजातिका फूल, फलफूल र सजावटी बिरुवा प्रदर्शनमा राखिनेछन्।
  • करिब ६० हजार अवलोकनकर्ताले भ्रमण गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ।

२ चैत, काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा २७ औं फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ ।

‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ यो एक्स्पो ५ देखि ८ चैतसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

एक्स्पोका संयोजक तथा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङका अनुसार प्रदर्शनीमा कुल ८२ वटा स्टल रहनेछन् । जसमा ६५ व्यावसायिक, ११ अफिसियल, २ प्रतिस्पर्धात्मक, २ फूड, १ ल्याण्डस्केप, १ सेल्फी र १ बीवाईडी ईभी कार स्टल समावेश छन् ।

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले एक्स्पोमा ५०० भन्दा बढी प्रजातिका फूल, फलफूल, तथा सजावटी इनडोर र आउटडोर बिरुवाहरू प्रदर्शनमा राखिने जानकारी दिए ।

साथै, अवलोकनकर्ताहरूले विभिन्न प्रकारका गमला, अर्गानिक मल, कौशी खेतीका सामग्री, उन्नत बीउबिजन र बगैँचाका आधुनिक औजारहरूबारे जानकारी लिन र खरिद गर्न सक्नेछन् । पुष्प व्यवसायमा रुची राख्नेहरूका लागि विज्ञहरूबाट व्यावसायिक परामर्श सेवा पनि उपलब्ध हुनेछ ।

यस पटकको एक्स्पोमा पनि नर्सरी व्यवसायीहरूबीच प्रतिस्पर्धा गराइनेछ । उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, पुष्प सजावट र कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) जस्ता विधाहरूमा उत्कृष्ट हुनेलाई शिल्ड, नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

एक्स्पोमा पुष्प नर्सरी, सामग्री आपूर्तिकर्ता, आयात–निर्यातकर्ता र विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ । साथै, मेला स्थलमा रहने प्लान्ट क्लिनिकमा बाली रोग विशेषज्ञहरूले बिरुवामा लाग्ने रोग तथा तिनको स्वास्थ्यसम्बन्धी जिज्ञासाको समाधान गर्नेछन् ।

आयोजकले पुष्प उद्यमीहरूलाई आफ्ना उत्पादनको बजार विस्तार गर्न, नयाँ प्रविधिबारे जानकारी दिन र उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न एक्स्पो महत्त्वपूर्ण मञ्च हुने जनाएको छ ।

यस वर्ष करिब ६० हजार अवलोकनकर्ताले भ्रमण गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?