+
+
Shares

अमेरिकी प्रतिबन्धका कारण क्युबामा चरम ऊर्जा संकट

तीन महिनादेखि क्युबाले इन्धनको ढुवानी प्राप्त गर्न सकेको छैन । यसले गर्दा औसतमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १७:२६

३ चैत्र , काठमाडौं । क्युबाको राष्ट्रिय विद्युत आपूर्तिकर्ताका अनुसार टापुभरि भएको ‘ब्ल्याकआउट’ पछि हवानाका १८ हजार भन्दा बढी ग्राहकहरूको विद्युत सेवा पुन: सुचारु भएको छ ।

यो संख्या राजधानीका कुल उपभोक्ताको २.१ प्रतिशत मात्र हो । क्युबामा हाल ऊर्जा र इन्धनको चरम अभाव देखिएको छ ।

अमेरिकी प्रतिबन्धका कारण इन्धन ढुवानीमा अवरोध आएपछि ऊर्जा संकट झनै गहिरिएको हो ।

विगत तीन महिनादेखि क्युबाले इन्धनको ढुवानी प्राप्त गर्न सकेको छैन । यसले गर्दा औसतमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।

मार्च १६ मा राष्ट्रिय प्रसारण लाइनमा आएको खराबीका कारण पूरै देश अन्धकारमय बनेको थियो ।

राष्ट्रपति मिगुएल डियाज कानेलका अनुसार ऊर्जा नाकाबन्दीका कारण दशौँ हजार बालबालिका तथा नागरिकहरू शल्यक्रियाको पर्खाइमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?