+
+
Shares

क्षेत्रीय सहकार्य बढाउने हिन्दुकुश-हिमालय क्षेत्रका सरोकारवालाहरूको अठोट

कपिल कोइराला कपिल कोइराला
२०८२ चैत ४ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा भएको असर न्युनिकरणका लागि संवाद र सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन्।
  • कार्यक्रममा भारतको द इनर्जी एण्ड रिसोर्सेज इन्स्टिच्युटकी प्राध्यापक डा. विभा धवनले अन्तरदेशीय र क्षेत्रीय सहकार्य गर्नुपर्ने बताइन्।
  • कन्सोर्टियममा १०७ सदस्य विश्वविद्यालय छन् र सचिवालय गत वर्ष डिसेम्बरमा काठमाडौं विश्वविद्यालयमा हस्तान्तरण गरिएको थियो।

४ चैत, काभ्रेपलाञ्चोक । हिमालयन युनिभर्सिटी कन्सोर्टियममा सहभागी हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयसहितका सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा भएको परिवर्तन र असर न्युनिकरणका लागि संवाद र सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं विश्वविद्यालय (केयू)को आयोजनामा भएको कार्यक्रममा हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूले क्षेत्रीय सहकार्य बढाउने अठोट गरेका छन् ।

कार्यक्रममा भारतको द इनर्जी एण्ड रिसोर्सेज इन्स्टिच्युटको स्कुल अफ अड्भानस्ड स्टडिजका कुलपति प्राध्यापक डा. विभा धवनले विश्वविद्यालयहरू, अनुसन्धान संस्थाहरू र शैक्षिक क्षेत्रले अन्तरदेशीय र क्षेत्रीय सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।

शैक्षिक संस्थाहरूले क्षेत्र–विशेष जलवायु मोडेलहरूको विकासमा नेतृत्व लिनुपर्ने भन्दै उनले हिमनदी तथा क्रायोस्फियर (हिउँ–बरफ प्रणाली) अनुगमन प्रणाली, जैविक विविधता मूल्यांकन, भूकम्पीय र हिमपहिरो जोखिम अध्ययन, तथा पूर्वाधार र पर्यटनका लागि वहन क्षमता विश्लेषण गर्नुपर्ने बताइन् ।

हिन्दुकुश हिमालय क्षेत्रका देशहरूबीच सहकार्यात्मक अनुसन्धान सञ्जाल अत्यावश्यक छन् भएको भन्दै उनले यसले विखण्डित ज्ञानलाई जोड्ने, क्षेत्रीय अनुगमन सुदृढ गर्ने र प्रमाणमा आधारित नीतिनिर्माणलाई सहयोग पुर्‍याउने तर्क गरिन् । हिन्दुकुश हिमालय क्षेत्रको संरक्षण र यसको पारिस्थितिकी प्रणाली तथा जलस्रोतमा निर्भर अर्बौं मानिसहरूको लागि दिगो भविष्य सुनिश्चित गर्न विश्वभरका शैक्षिक समुदायको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताइन् ।

वातावरण क्षेत्रका अध्येता समेत रहेका सर्वोच्च अदालतका पूर्व न्यायधीश आनन्द मोहन भट्टराईले हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणको लागि चाल्नुपर्ने कानूनी कदमबारे चर्चा गरे ।

कार्यक्रममा नेपालका लागि नर्वेजीयन राजदुत डाग्नी मोस्, व्रिटिस राजदुत रोव फेन, चिनियाँ दुतावासका झन वेन लगायतले हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयको सञ्जाललाई सहयोग र सहकार्य गर्न प्रतिबद्धता जनाए ।

विश्वविद्यालयका उपकुलपति प्राध्यपाक डा. अच्युत वाग्लेले विकासोन्मुख विश्वभर ज्ञानमा आधारित साझेदारी विस्तार गर्दै आगामी केही दशकमा हाम्रो क्षेत्रले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने बताए । हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र संवादलाई सुदृढ बनाउने उद्देश्यसाथ कार्यक्रम गरिएको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का कार्यकारी निर्देशक डा. पेमा ग्याम्सोले हिन्दुकुश–हिमालय क्षेत्रका देशहरुलाई ‘स्याउ’ को संज्ञा दिँदै कुनै भागमा समस्या भए पुरै भाग कुहिने (समस्या आउने) बताए ।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. राजिव श्रेष्ठले शैक्षिक क्षेत्रका साथै नीति निर्माण तहबिच पुलको काम गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

रिट्रिटमा विभिन्न १० देशका राजदूत तथा कूटनीतिज्ञहरूका साथै हिन्दुकुश हिमालय क्षेत्रका २९ विश्वविद्यालयका उपकुलपति तथा प्रमुखहरू लगायत ७० जना विदेशी विज्ञहरूको उपस्थिति छ । कन्सोर्टियममा आबद्ध हुन इच्छुक शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी छन् ।

सहभागीहरूले भविष्यका लागि मार्गचित्र तयार गर्न तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सन्दर्भमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन सुनिश्चितताका लागि सहकार्यको खाका निर्माण गर्नेछन् ।

कार्यक्रममा सातवटा प्राविधिक सत्रमार्फत हिन्दुकुश–हिमालय क्षेत्रका प्रमुख मुद्दाहरूमा छलफल हुनेछ । हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन, बहुपक्षीय शैक्षिक तथा अनुसन्धान सहकार्य, हिमालयन युनिभर्सिटी कन्सोर्टियमको अन्तर्राष्ट्रिय पहिचान सुदृढीकरण, वार्षिक कार्ययोजना तथा क्षेत्रीय सहकार्यका लागि उपकुलपतिहरूको फोरम स्थापना जस्ता विषयहरू समावेश छन् ।

फुड–एनर्जी–वाटर नेक्सस, क्रायोस्फेयर र समाज, विपद् जोखिम व्यवस्थापन, परम्परागत तथा आदिवासी ज्ञान प्रणाली, जलवायु परिवर्तन र कार्बन न्यूट्रालिटी, पर्वतीय कृषि, हरित अर्थतन्त्रसहित बाह्र विषयगत क्षेत्रमा केन्द्रित हुने काठमाडांै विश्वविद्यालयमा सचिवालय रहेको हिमालयन युनिभर्सिटी कन्सोर्टियमका निर्देशक प्राध्यापक डा. विमप्रसाद श्रेष्ठले जानकारी दिए ।

सन् २००७ मा स्थापित हिमालयन युनिभर्सिटी कन्सोर्टियम हिन्दुकुश–हिमालय क्षेत्रका १०७ सदस्य विश्वविद्यालयहरूको साझ मञ्च हो । प्रारम्भमा अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा स्थापित कन्सोर्टियमको सचिवालय गत वर्ष डिसेम्बरमा काठमाडौं विश्वविद्यालयमा हस्तान्तरण गरिएको थियो ।

‘काठमाडौं घोषणापत्र’ जारी गर्दै बिहीबार कार्यक्रम समापन हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?