+
+
Shares

सांसदहरूले पहिचान झल्किने पोशाक लगाएर मातृभाषामा शपथ लिन पाउने

सोही दफाको उपधारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान पनि छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १७:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ १२ चैतमा गराउने तयारी भइरहेको छ।
  • शपथमा सांसदहरूले पहिचान झल्किने पोशाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन्।
  • शपथसम्बन्धी ऐन २०७९ अनुसार औपचारिक पोशाकमा उपस्थित हुनु पर्ने र मातृभाषामा शपथ लिन सकिने व्यवस्था छ।

४ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही १२ चैतमा गराउने तयारी भएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिन्छन् । त्यसपछि उनै ज्येष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् ।

शपथ सम्बन्धी ऐन २०७९ शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन् ।

शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक पोशाकमा उपस्थित हुनु पर्ने प्रावधान छ ।

जहाँ भनिएको छ, ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनु पर्नेछ ।’

सोही दफाको उपधारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान पनि छ ।

दफा ५ मा शपथको भाषासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा गरी कामकाजक लिनु वा गराउनु पर्नेछ ।’

साथै, कुनै सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने प्रावधान पनि सँगै छ ।

‘त्यसरी मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लिखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैंले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नु पर्नेछ’ दफा ५ को उपदफा २ मा भनिएको छ ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रतिमा र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारी समक्ष पेश गर्नु पर्ने व्यवस्था पनि छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?