+
+
Shares

रास्वपा र नेकपाको संसदीय दलको कार्यालय साटफेर, कांग्रेस–एमालेको यथावत

संसदीय अंकगणित फेरिएसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालयको स्थान समेत फेरिने भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय अंकगणित फेरिएसँगै संघीय संसद् सचिवालयले संसदीय दलको कार्यालय व्यवस्थापनका लागि हाल रहेकै कार्यालयहरू प्रयोग गर्ने तयारी गरेको छ।
  • नेपाली कम्युनिस्ट पार्टीले प्रयोग गरेको भवन राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने र रास्वपाले प्रयोग गरेको कार्यालय साना दलहरूलाई व्यवस्थापन गर्ने तयारी छ।
  • २१ फागुनको निर्वाचनबाट ६ वटा दल राष्ट्रिय दल बनेका छन् र संघीय संसद् सचिवालयले सांसद संख्या अनुसार सिंहदरबारमा कार्यालय उपलब्ध गराउने तयारी गरेको छ।

४ चैत, काठमाडौं । संसदीय अंकगणित फेरिएसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालयको स्थान समेत फेरिने भएको छ ।  संघीय संसद् सचिवालयले हाल रहेकै कार्यलयहरूमध्येबाटै संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको छ ।

जसअन्तर्गत यसअघि नेपाली कम्युनिस्ट पार्टीले प्रयोग गर्दै आएको भवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने तयारी गरिएको छ ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा रास्वपाले प्रयोग गरेको संसदीय दलको कार्यलयमा भने नेपाली कम्युनिस्ट पार्टीसहितका अन्य साना दलहरूका लागि व्यवस्थापन गरिएको छ । जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका लागि समेत संसदीय दलको कार्यालय व्यवस्थापन गरिएको छ ।


नेपाली कांग्रेस र नेकपा एमालेको हकमा भने पहिले जहाँ रहेको त्यहीँ नै व्यवस्थापन गर्ने तयारी छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भएकै कार्यालयहरूमा दलहरूको संसदीय दलको कार्यालय व्यवस्थापन गर्न लागिएको छ ।

उनले अनलाइनखबरसँग भने, ‘ राजनीतिक दलहरूको संसदीय दलको कार्यालयका लागि भएका मध्येबाट नै व्यवस्थापन गर्ने तयारी गरिएको छ ।’

यी लगायतका विषयमा संसद् सचिवालयले निर्वाचनबाट आएक राजनीतिक दलहरूसँग अनौपचारिक छलफलको तयारी समेत गरेको छ । छलफलमा दलहरूको कार्यालय व्यवस्थापन लगायतका विषयमा कुराकानी हुनेछ ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा आएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले दोस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् ।

यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमाा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

उनीहरूका लागि संघीय संसद् सचिवालयले सिंहदरबारमा कार्यालय उपलब्ध गराउने तयारी गरेको छ । जसअन्तर्गत सांसद संख्याका आधारमा दलहरूलाई कार्यालय उपलब्ध ‍गराइँदैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?