+
+
Shares

गगनको राजीनामा पत्र : ‘मेरो निर्णय पराजित मानसिकताको उपज होइन’

'पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन'

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामा पराजित मानसिकताबाट नआएको उल्लेख गर्नुभएको छ।
  • थापाले राजीनामा पत्रमा नेतृत्वको कर्तव्यअनुसार लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु आफ्नो निर्णय भएको बताउनुभएको छ।
  • उहाँले पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग नभएको र आगामी दिनहरूमा देशका विभिन्न भागमा संवाद गर्ने योजना रहेको बताउनुभएको छ।

५ चैत, काठमाडौं । कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गरेका छन् ।

सभापति थापाले बुधबार उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण उल्लेख गरेका छन् । ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो,’ थापाको राजीनामा पत्रमा छ ।

उनले आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू नै गरेको दाबी गरेका छन् । उनले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उल्लेख गरेका छन् ।

‘आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ उनले भनेका छन्, ‘आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसंग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु ।’

थापाले पार्टीका विभिन्न तहमा रहेको व्यक्तिहरू समर्थक र शुभेच्छुकहरूले पठाइरहेका सन्देशहरूले ऊर्जा दिएको बताएका छन्  । ‘ती सन्देशहरू केवल समर्थन मात्र होइनन्, ती भविष्यप्रतिको अपेक्षा र विश्वासका प्रतीक पनि हुन् । म प्रतिको त्यो विश्वासलाई अझै गहिरोसँग कायम राख्नुपर्छ भन्नेमा प्रष्ट छु,’ थापाको राजीनामा पत्रमा उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?