+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा गगन थापाको सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ।
  • गगन थापाले २१ फागुनको निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका थिए।
  • शुक्रबारको बैठकमा उपसभापति शर्माले निर्वाचनमा पराजयका कारणहरू जानकारी गराउने र गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ ।

थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् ।

शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकको गगन थापा सहभागी नहुने एक नेताले बताए । त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको स्रोतले बतायो ।

‘उपसभापति शर्माले चुनावमा पराजित हुनुको कारण एकल व्यक्ति नभएको र विशेष महाधिवेशनबाट चुनिएर आएको नेतृत्व छोटो समयको तयारीमा चुनावमा होमिनु परेको लगायतका कारण बैठकलाई जानकारी गराउँदै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि बैठकमा पेश गर्नुहुन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएका थिए । थापा २१ फागुनको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लडे पनि रास्वपा उम्मेदवार अमरेस कुमार सिंहसँग पराजित भएका थिए । विशेष महाधिवेशनबाट चुनिएका र चुनाव लडेका सबै पदाधिकारी निर्वाचनमा पराजित भएपछि गगन थापामाथि नैतिक प्रश्न उठेको थियो ।

कांग्रेसले सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर निर्वाचनमा विजय–पराजय दुवैको कारणसहित रिपोर्ट पेस गर्न भनेको थियो । प्राप्त भएका रिपोर्टको साझा निष्कर्ष समेत उपसभापति शर्माले बैठकमा जानकारी गराउने बताइएको छ । त्यसपछि बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने तयारी गरिएको कांग्रेसका एक पदाधिकारीले बताए ।

गगनले निर्वाचनमा पराजित भए लगत्तै राजीनामा दिन खोजे पनि उपसभापति विश्वप्रकाश शर्मा लगातयतका नेताहरुले रोकेका थिए । ललितपुर लगायतका विभिन्न जिल्लाका नेताहरुले राजीनामा दिन नहुने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका थिए । तर बुधबारको शीर्ष तहका नेताहरुको बैठकमा थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?