+
+
Shares

गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?

थापाले उपसभापति शर्मालाई बुझाएको राजीनामा पत्रसहितको प्रस्ताव अब केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को निर्वाचन हारको नैतिक जिम्मेवारी लिँदै ५ चैतमा सभापति पदबाट राजीनामा दिएका छन्।
  • थापाले राजीनामा पत्र उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका छन् र अब केन्द्रीय कार्यसमितिमा प्रस्ताव पेस हुनेछ।
  • पार्टी विधान अनुसार केन्द्रीय समितिले राजीनामा स्वीकृत गरेपछि उपसभापतिले कार्यवाहक सभापति भएर ६ महिनाभित्र विशेष महाधिवेशन बोलाइनेछ।

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापति पदबाट राजीनामा दिँदै उपसभापति विश्वप्रकाश शर्मालाई पत्र बुझाइसकेका छन् ।

माघ १ गते सभापतिमा निर्वाचित भएका थापाले बुधबार राजीना पत्र शर्मालाई बुझाएका हुन् ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका हुन् ।

विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका थापाले लगत्तै प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा सक्रिय भए भने आफू पनि काठमाडौं-४ छोडेर सर्लाही-४ मा चुनाव लड्न गए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए ।

पार्टीभित्र थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने शेरबहादुर देउवा समूहका नेताहरूले बताउँदै आएका छन् भने विशेष महाधिवेशन पक्षधर नेताहरू भने राजीनामा दिन नहुने बताउँदै आएका छन् ।

०७९ को निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक थापा नेतृत्वमा ‘बदल्यौँ कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावमा होमिएको थियो । तर,निर्वाचनमा नमिठो हार बेहोरेपछि थापा राजीनामा दिने अवस्थामा पुगेका हुन् ।

थापाले राजीनामा दिए अब यसको प्रक्रिया के हुन्छ भन्ने आम चासो छ । थापाले उपसभापति शर्मालाई बुझाएको राजीनामा पत्रसहितको प्रस्ताव अब केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ । उक्त प्रस्ताव उपसभापतिले बैठकमा पेस गर्ने वैधानिक व्यवस्था छ । प्रस्तावलाई केन्द्रीय समितिले स्वीकृत गरेमा उपभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछन् ।

सभापतिको राजीनामाबारे पार्टीको विधानको धारा २६ मा स्पष्ट लेखिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैछ ।

– धारा २६ को (१) मा केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्नेछ ।

– केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछ र ६ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाइ केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?