+
+
Shares

हिउँदे वर्षाले किसानमा खुसी

समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुरमा लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले गहुँ, मकै, आलु तथा तरकारी बालीका किसानमा राहत र खुसी छाएको छ।
  • खडेरीका कारण सुक्दै गएको हिउँदे बाली बर्सातपछि पुनः हरियाली देखिन थालेको र उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
  • सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि बर्सातले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएको र बालीको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।

५ चैत, भोजपुर । लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ । समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन् ।

विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न तरकारी बालीका लागि यो बर्सात अत्यन्तै उपयोगी बनेको टेम्केमैयुङ–५ का स्थानीय किसान अडिबहादुर विष्टले बताउनुभयो । खडेरीका कारण हिउँदे बाली सुक्दै गएको अवस्थामा बर्सात भएपछि किसानमा नयाँ आशा पलाएको उहाँको भनाइ छ ।

‘लामो समयको खडेरीका कारण हिउँदे बाली सुक्ने अवस्थामा पुगेको थियो,’ उनले भने, ‘बर्सात भएपछि हामी किसान निकै खुसी भएका छौँ । अब बाली सप्रिन्छ भन्ने आशा बढेको छ ।’

खेतबारीमा चिस्यान अभावका कारण ओइलिन थालेका बाली बर्सातपछि पुनः हरियाली देखिन थालेका छन् । यसले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि त यो बर्सात झन् राहत बनेको छ ।

स्थानीय किसानका अनुसार बर्सातअघि माटो अत्यधिक सुक्खा हुँदा बालीको वृद्धि प्रक्रिया प्रभावित बनेको थियो ।

तर, बर्सातले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ । यसले उत्पादन मात्र नभई बालीको गुणस्तरमा समेत सुधार आउने विश्वास किसानले व्यक्त गरेका छन् । मकै छर्ने ‘सिजन’मा पानी परेपछि किसानलाई थप सहजता भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?