News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणाम स्वीकार गर्दै पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएकी छन्।
- अर्यालले आगामी सरकारलाई सकारात्मक कामका लागि सहयोग गर्ने र एमाले स्थायित्वको पक्षमा रहेको उल्लेख गरेकी छन्।
- उनले रोजगारी सिर्जना, उत्पादन वृद्धि, महिला र ज्येष्ठ नागरिक सम्मानमा सरकार केन्द्रित हुनुपर्ने र एमालेले असफलताको समीक्षा गर्ने बताएकी छन्।
५ चैत, काठमाडौँ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएकी छन् ।
बिहीबार निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकारात्मक कामको लागि सहयोग गर्ने बताइन् ।
उनले एमाले स्थायित्वको पक्षमा रहेकोले निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको बताइन् । सचिव अर्यालले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।
राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक भएको उनको भनाइ छ । नयाँ शक्तिले झन्डै दुई तिहाइ जनसमर्थन पाएको अवस्थामा सरकारप्रति जनताको अपेक्षा अझ उच्च रहेको उनले बताइन् ।
एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्रयाकमा ल्याउने उनको भनाइ छ । संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्रहितको पक्षमा सशक्त हुने बताउँदै उनले राम्रो काममा सहयोग र गलत कार्यमा कडा खबरदारी गर्ने जानकारी दिइन् ।
उनले एमालेले निर्वाचनमा पाएको असफलताको समीक्षा गर्ने गरेर कमी कमजोरीलाई सुधार गर्ने बताइन् ।
प्रतिक्रिया 4