News Summary
Generated by OK AI. Editorially reviewed.- जेनेभास्थित सर्नको लार्ज ह्याड्रन कोलाइडरमा नयाँ उप–पारमाणविक कण फेला परेको छ जसमा दुई चार्म क्वार्क र एउटा डाउन क्वार्क छन्।
- यो नयाँ कणको वजन प्रोटोनभन्दा चार गुणा बढी छ र यसको आयु अघिल्लो कणको तुलनामा ६ गुणा छोटो छ।
- सन् २०२३ मा एलएचसीबी डिटेक्टर स्तरोन्नति पछि फेला परेको यो पहिलो नयाँ कण हो जसले स्ट्रोङ फोर्स र क्वान्टम क्रोमोडाइनामिक्स बुझ्न मद्दत गर्नेछ।
जेनेभास्थित युरोपेली आणविक अनुसन्धान संगठन (सर्न) को ‘लार्ज ह्याड्रन कोलाइडर’ (एलएचसी) मा आबद्ध वैज्ञानिकहरूले एक नयाँ उप–पारमाणविक कण फेला पारेका छन् ।
मोरियोन्ड सम्मेलनमा सार्वजनिक गरिएको यस खोज अनुसार, यो नयाँ कण दुईवटा ‘चार्म क्वार्क’ र एउटा ‘डाउन क्वार्क’ मिलेर बनेको छ । यसको संरचना हाम्रो शरीर र ब्रह्माण्ड निर्माण गर्ने ‘प्रोटोन’ सँग मिल्दोजुल्दो भए पनि यसको वजन प्रोटोनभन्दा चार गुणा बढी रहेको छ ।
वैज्ञानिकहरूका अनुसार सन् २०२३ मा एलएचसीबी डिटेक्टरको स्तरोन्नति गरिएपछि फेला पारिएको यो पहिलो नयाँ कण हो । यससँगै ‘लार्ज ह्याड्रन कोलाइडर’ बाट पत्ता लागेका कुल कणहरूको संख्या ८० पुगेको छ ।
सन् २०१७ मा पनि यस्तै प्रकृतिको कण फेला परेको थियो, तर त्यसमा ‘डाउन क्वार्क’ को सट्टा ‘अप क्वार्क’ रहेको थियो । यो नयाँ कणको आयु अघिल्लो कणको तुलनामा ६ गुणा छोटो हुने भएकाले यसलाई फेला पार्न निकै चुनौतीपूर्ण थियो ।
यो खोजले ब्रह्माण्डका कणहरूलाई आपसमा जोडेर राख्ने स्ट्रोङ फोर्स र क्वान्टम क्रोमोडाइनामिक्सका सिद्धान्तहरूलाई अझ गहिराइबाट बुझ्न भौतिकशास्त्रीहरूलाई मद्दत पुरÞ्याउनेछ ।
प्रतिक्रिया 4