+
+
Shares

भोलिको मौसम अपडेट : सुदूरपश्चिम र कर्णालीका वर्षा-हिमपात, तराईमा हावाहुरी

दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्ला र पर्सी शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको पनि विभागले भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १६:२९

५ चैत, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि (चैत्र ६ गते शुक्रबार) दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

यस्तै भोलिबाटै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्ला र पर्सी शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको पनि विभागले भनेको छ ।

विभागको यस्तो पूर्वानुमानपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्री-मनसुन अवधिमा चल्ने तीव्र हावाहुरी कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम रहने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।

जोखिमका स्थानमा बसोबास तथा यात्रा गर्ने मानिसहरूलाई विशेष सतर्कता अपनाउन, विशेष काम नपरी यात्रामा ननिस्कन र हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोत बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ ।

May be an image of map and text

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?