News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा भएकोमा खुसी व्यक्त गर्नुभयो।
- निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन पेस गर्नुभयो।
- राष्ट्रपतिले निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको अनुभूति व्यक्त गर्नुभयो।
५ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन र जटिल परिस्थितिमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । आयोगले तयार पारेको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरे ।
‘फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ,’ उनले भने, ‘जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4