News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो दुई बजे हुने भएको छ।
- संघीय संसद सचिवालयले ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गरी अन्य सदस्यलाई सपथ खुवाउने प्रक्रिया अपनाउने जनाएको छ।
- नवनिर्वाचित सदस्यहरूको अभिमुखीकरणमा व्यवहारिक पक्षलाई बढी केन्द्रित गर्न सुझाव आएको छ।
५ चैत, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ ।
संघीय संसद सचिवालय बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो ।
दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका बिषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्ने उनले बताए ।
राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई सपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिए । त्यस्तै नवनिर्वाचित सदस्यहरूको अभिमूखीकरणका लागि समेटनुपर्ने विषयमा पनि दलहरूसँग राय लिइएको उनले बताए ।
खासगरी सैद्धान्तिक पक्ष भन्दा पनि व्यवहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरू आएको प्रवक्ता गिरीले उल्लेख गरे ।
त्यस्तै उनले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलव्धताकाबीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताए ।
छलफलपछि संसद् सचिवालयले दलका प्रतिनिधिहरूलाई दलको कार्यालय समेत देखाएको थियो । प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसाबले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया 4