News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवसहित सात जनामाथि निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासनको कारबाही माग गरेका छन्।
- गुप्ताको उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र संविधानसभा सदस्य शोभाकर पराजुलीको नाम पनि उल्लेख छ र उनीहरूलाई पार्टी सदस्यताबाट निलम्बन गर्न अनुरोध गरिएको छ।
- यसअघि बारा–२ का उम्मेदवार भैयाराम प्रसाद यादवले पनि राजेश राय यादवलाई पार्टीबाट निस्कासन गर्न माग गरेका थिए र बारा–३ क्षेत्रीय कार्यसमितिले १६ जनालाई अन्तर्घातको दाबी गर्दै कारबाही सिफारिस गरेको थियो।
६ चैत, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्यामबाबु गुप्ताले पनि जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन् ।
उनले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति यादवसहित सात जनामाथि अनुशासनको कारबाही माग गर्दै केन्द्रमा निवेदन दिएका छन् ।
उम्मेदवार गुप्ताको उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र संविधानसभा सदस्य शोभाकर पराजुलीको नाम पनि उल्लेख छ । निर्वाचन हराउनका लागिपरेका भन्दै उनले पत्रमा लेखेका छन्, ‘तत्काल यिनीहरूलाई पार्टीको सदस्यताबाट निलम्बन गरिदिन हुन अनुरोध गर्दछु ।’
यस्तै क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा–४ (ख) का सभापति सुमनकुमार भट्टराई र जितपुर–सिमरा नगरकार्यसमिति सभापति छाबिलाल शर्मा माथि पनि कारबाही गरिनुपर्ने उनको माग छ ।
यसअघि बारा–२ का उम्मेदवार रहेका भैयाराम प्रसाद यादवले पनि जिल्ला राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गरेका थिए ।
त्यसअघि बारा सभापतिसहितका १६ जनालाई निर्वाचनमा अन्तर्घात गरेको दाबीसहित बारा–३ को क्षेत्रीय कार्यसमितिले पनि केन्द्रसमक्ष सिफारिस गरेको थियो ।
प्रतिक्रिया 4