७ चैत, काठमाडौं । सामाजिक कथावस्तुमा आधारित म्युजिक भिडिओ ‘परदेश’ सार्वजनिक भएको छ । युवा मुक्तककार हिमाल क्षेत्रीको शब्दमा रहेको म्युजिक भिडिओमा गायक सीडी विजय अधिकारी र शान्ति श्री परियारको युगल स्वर छ । संगीत गायक अधिकारीको छ ।
बेरोजगारी समस्या कारण विदेशी भूमिमा श्रम गर्न बाध्य एक नेपाली युवतीले भोग्नुपर्ने पीडा, संघर्ष र मनोदशालाई म्युजिक भिडिओमा प्रस्तुत गरिएको छ ।
एभरेस्ट ग्यालरी टिमद्वारा निर्माण गरिएको भिडिओमा मोडेल सनम कठायत र सृष्टि खड्काको अभिनय छ । कठायतले आफ्नै निर्देशनमा यो म्युजिक भिडिओ तयार पारिएको बताउँदै जसमा केवल मनोरञ्जनमा सीमित नभई लाखौँ बिदेसिएका नेपालीहरूको पीडा, आशा र आफ्नो जन्मभूमिप्रतिको गहिरो माया प्रस्तुत गरिएको बताए ।
साथै देशमै रोजगारी सिर्जना गरेर बिदेसिएका नेपालीलाई स्वदेश फर्काउन सरकारले वातावरण तयार पारोस् भन्ने सन्देश दिन खोजिएको कठायतले बताए ।
प्रतिक्रिया 4