११ चैत, काठमाडौं । भदौं २३ र २४ गतेको जेनजी आन्दोलनको तयारी र सञ्चालनमा डिस्कर्ड प्लेटफर्म निर्णायक भएको जाँचबुझ आयोगले औंल्याएको छ ।
आयोगले मिथ्या सूचना र घुसपैठको जोखिम शीर्षकमा छुट्टै घटना विश्लेषण गरेको छ । आन्दोलनमा क्रममा होस्टलमा बलात्कार भएको र मृत्यु संख्या बढाइचढाई गरिएको मिथ्या सूचना फैलिएको र त्यसले भीडलाई उत्तेजित बनाएको प्रतिवेदनमा छ ।
आन्दोलनकारी स्वयंले पनि राजनीतिक दलका कार्यकर्ता र अन्य स्वार्थ समूहको घुसपैठ हुनसक्ने आशंका गरेका थिए ।
यो आन्दोलनका क्रममा मुख्यत युवा हव र युथ अगेन्स्ट करप्सन नामका डिस्कर्ड सर्भर प्रयोग भएका थिए । युवा हव नामको सर्भर २२ गते बाटै नै एक्टिभ भएको थियो । यो सर्भरबाट विभिन्न ठाउँहरूको नाम राखि विभिन्न प्रयोजनका लागि च्यालनहरू निर्माण गरिएको थियो
त्यस्तै युथ अगेन्स्ट करप्सन नामको डिस्कर्ड सर्भरकफ एडमिन ‘हामी नेपाल’ रहेको थियो ।
ती सर्भरहरूमा भएका संवाद पनि जाँचबुझ आयोगले राखेको छ ।

प्रतिक्रिया 4