News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले सामाजिक सञ्जालको एल्गोरिदमले देशलाई अदृश्य जेल बनाउन लागेको निष्कर्ष निकालेको छ।
- आयोगले एल्गोरिदमले राजनीतिक मुद्दा छनोट गरी लोकतन्त्र कमजोर पारिरहेको र मानसिक क्षेत्रमा युद्ध भइरहेको प्रतिवेदनमा उल्लेख गरेको छ।
- नेपाल स्वतन्त्र देश देखिए पनि नागरिकको सोच सिमित रहेको र अदृश्य जेल अभिरुचिले बनेको आयोगले ठहर गरेको छ।
११ चैत, काठमाडौं । जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले सामाजिक सञ्जालको एल्गोरिदमले देशलाई अदृश्य जेल बनाउन लागेको निष्कर्ष निकालेको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा भएको मानवीय क्षति, भौतिक संरचनाको क्षति लगायतमा जाँचबुझ गर्न गठित आयोगले एल्गोरिदमले पारेको समस्याबारे उल्लेख गरेको छ ।
‘आजको नेपालमा कुन राजनीतिक मुद्दा उठ्ने र कुन दबाउने/नदेखाउने कुनै तर्क वा वहसमा हैन बरु भन्ने कुरा अल्गोरिदमले छनोटले तय गरिरहेको हुन्छ जसले गर्दा लोकतन्त्र जरैदेखि कमजोर भइरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
इतिहासमा भएका युद्धहरू भूगोलमा भएपनि विना हतियारले भएको युद्ध मानसिक क्षेत्रका लागि भएको प्रतिवेदनमा लेखिएको छ ।
‘यस युद्धको मुख्य कारक तत्व वा यसको प्रधान सेनापति एल्गोरिदम हो जसले नेपाललाई अदृश्य जेलमा बन्द गर्ने प्रयास गरिएको छ । अदृश्य जेल जहाँ पर्खाल छैन, केवल अभिरुचिहरू छन्,’ प्रतिवेदनमा भनिएको छ ।
नेपाल स्वतन्त्र देश जस्तो देखिएता पनि नागरिकहरुको विचार र व्यवहार स्वतन्त्र नभएको कार्की आयोगको ठहर छ ।
‘यहाँका नागरिकहरू बन्धन (जेलमा ) छैनन् तर नागरिकहरुको सोच सिमिति छ । यो जेल पर्खालले होइन, अभिरुचिले बनाइन्छ,’ प्रतिवेदनमा छ ।
प्रतिक्रिया 4