News Summary
Generated by OK AI. Editorially reviewed.- बूढानीलकण्ठ नगरपालिका वडा ३ को आयोजनामा शनिबार १५ किलोमिटर दूरीको बूढानीलकण्ठ÷शिवपुरी खुला ट्रेल रेस हुने भएको छ ।
- दौडमा पुरुष र महिलासहित करिब १ सय ५० खेलाडीको सहभागिता रहने वडा सदस्य विकास तामाङले बताए ।
- प्रतियोगिताको उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन र क्षेत्रको प्राकृतिक सुन्दरता परिचित गराउनु रहेको वडा अध्यक्ष आकाश धितालले बताए ।
११ चैत, काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ को आयोजनामा बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेस आउने शनिबार (चैत १४ गते) हुने भएको छ ।
दौडमा पुरुष/महिला गरी करिब १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं वडा ३ का सदस्य विकास तामाङले जनाएका छन् । दौड १५ किलोमिटर दूरीको हुनेछ ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो र पाँचौं स्थानमा रहने खेलाडीलाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
दौडको उद्देश्य खेलकुदको माध्यमबाट पर्यटनको प्रवर्द्धन गर्नु रहेको वडा ३ का अध्यक्ष आकाश धितालले बताए । ‘खेलकुदको माध्यमबाट आन्तरिक पर्यटनको विकास र प्रवर्द्धन गर्नु हो । साथै यस क्षेत्रको विविधता, प्राकृतिक सुन्दरता, श्रोत साधन र सामर्थ्यका बारे आम नागरिकमा परिचित गराउनु पनि हो ।’
बूढानीलकण्ठ मन्दिरबाट सुरु हुने दौड राष्ट्रिय निकुञ्जको गेट, घुम कत्ने, छाप भन्झ्याङ, महादेवथान, शिवपुरी, बाघद्वार, देउराली, मुलाबारी, नागी गुम्बा, पुनः राष्ट्रिय निकुञ्जको गेट हुँदै बूढानीलकण्ठ मन्दिरमै आएर टुंगिने छ ।
प्रतिक्रिया 4