+

एचजेएनबीएलमा हाउण्ड्सको फराकिलो जित

२०८२ चैत  ११ गते २३:१६ २०८२ चैत ११ गते २३:१६
एचजेएनबीएलमा हाउण्ड्सको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केभिसी हाउण्ड्सले हिमालयन जाभा बास्केटबल लिग २०२६ मा लगातार पाँचौ जित हात पारेको छ ।
  • बुधबार भएको खेलमा प्लेबक्स एरेना विरुद्ध हाउण्ड्स चारै क्वाटरमा हावी बनेको थियो ।
  • एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

११ चैत, काठमाडौं । केभीसी हाउण्ड्सले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा फराकिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा केभिसी हाउण्ड्सले प्लेबक्स एरेनालाई १०५–७२ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको छ ।

हाउण्ड्सले ८ खेलबाट १३ अंक जोडेको छ चौथो स्थानमा छ ।

हाउण्ड्सले चारै क्वाटरमा अग्रता लिएको थियो । पहिलो क्वाटरमा २२–१० को अग्रता लिएको हाउण्ड्सले दोस्रो क्वाटर २८–१५ ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ५०-२५ को अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा ३४–२९ र चौथो क्वाटरमा २१–१८ को अग्रता लिएपछि हाउण्ड्सले फराकिलो जित हासिल गरेको हो ।

हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक २८ अंक स्कोर गरे । प्रसाङ ध्वज मास्के प्लेअर अफ दि म्याच घोषित भए ।

मंगलबार राती भएको खेलमा गोल्डेनगेटले रोएललाई १०८–४६ को फराकिलो अन्तरले पराजित गरेको छ । लिगमा गोल्डेनगेटको यो सातौँ  जित हो ।

गोल्डेनगेटले ८ खेलबाट १५ अंक जोडेको छ ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

हिमालयन जाभा बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय