+
+
Shares

बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।
  • केन्द्रीय समितिको बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको सांसद मनिष झाले जानकारी दिए।

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।

जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।

सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू केन्द्रीय समिति बैठकलाई बनस्थलीस्थित केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए ।

अब केहीबेरमा संसदीय दलको बैठक बस्ने र उक्त बैठकले बालेनलाई दलको नेता बनाउने औपचारिक निर्णय गर्नेछ ।  शाहलाई फागुन २१ को निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर होमिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?