News Summary
Generated by OK AI. Editorially reviewed.- पेमा डोल्मा लामाले अखिल नेपाल फुटबल संघको उपाध्यक्ष पदको उम्मेदवारी राष्ट्रिय खेलकुद परिषद्को निलम्बनपछि फिर्ता लिएकी छन्।
- पेमा लामाले आन्तरिक किचलो र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनका कारण स्वतन्त्र रहन उम्मेदवारी फिर्ता लिएको पत्र एन्फालाई पठाएकी छन्।
- पेमा डोल्मा लामा अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली महिला फुटबलर र पूर्वफिफा रेफ्री हुन्।
१२ चैत, काठमाडौं । पेमा डोल्मा लामाले अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्षको उम्मेदवारी फिर्ता लिएकी छन् ।
पेमाले शुक्रबार झापामा हुन लागेको एन्फा निर्वाचनका लागि उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई निलम्बन गरेसँगै पेमाले उम्मेदवारी फिर्ता लिएको पत्र एन्फालाई पठाएकी हुन् ।
‘मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा पटक पटकको राष्ट्रिय खेलकुद परिषद्को निर्देशन, चुनाव गर्ने र नगर्ने पक्षवीच भएको आपसी खिचातानी तथा आन्तरिक किचलोवाट आफूलाई अलग राखी स्वतन्त्रपूर्वक रहन चाहेकोले यसै पत्र मार्फत मेरो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु’ पत्रमा लेखेकी छन् ।
पेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली महिला फुटबलर हुन् । उनी पूर्वफिफा रेफ्री, राखेप पुर्वसदस्य र नेपाल फुटबल महिला संघकी अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया 4