News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ आजदेखि सुरु हुँदैछ ।
- उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्नेछन्।
- बेंगलुरुको कप्तान रजत पाटिदार छन् भने हैदराबादको निमित्त कप्तान इशान किशन छन्।
१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्दै छन् ।
बेंगलुरु र हैदराबादबीचको खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । बेंगलुरुको कप्तान रजत पाटिदार छन् भने हैदराबादको निमित्त कप्तानमा इशान किशन छन्।
नियमित कप्तान प्याट कमिन्स ढाडको चोटबाट रिकभर गरिरहेकाले सुरुवाती केही खेलका लागि उपलब्ध छैनन् । त्यसकारण किशनले कप्तानी गर्ने भएका छन् ।
प्रारम्भिक चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० खेल खेलाइनेछन् । यी खेलहरु विभिन्न १० मैदानमा खेलाइनेछ । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेल आयोजना गरिनेछन् ।
यी खेलहरू भारतका १२ वटा विभिन्न शहरमा हुनेछन्, जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् ।
यस चरणमा आठ डबल–हेडर खेल पनि समावेश गरिएको छ, जहाँ एकै दिन दुई खेल खेलाइनेछन् । दिउँसोको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे र बेलुकीको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
आरसीबीले आफ्ना केही ‘होम’ खेल रायपुरमा पनि खेल्नेछ भने पञ्जाब किंग्सले धर्मशाला र नयाँ चण्डीगढलाई घरेलु मैदान बनाउनेछ।
धर्मशालामा मे ११ मा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल विशेष रूपमा खेलाइनेछ, जुन अघिल्लो सिजनमा खेल्दाखेल्दै अवरुद्ध भएर रद्द भएको थियो ।
गत संस्करणको फाइनलमा बेंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेर पहिलोपटक उपाधि जितेको थियो ।
प्रतिक्रिया 4