News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रमुख सचेतकमा वासना थापालाई बनाउने प्रस्ताव गरेको छ।
- कार्यसम्पादन समितिको बैठकले सभापति गगनकुमार थापाको प्रस्ताव सर्वसम्मत निर्णय गरेको छ।
- संसदीय दलको बैठकले प्रमुख सचेतक थापा र सचेतक निस्कल राईलाई अनुमोदन गर्नुपर्नेछ।
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रमुख सचेतकमा वासना थापालाई बनाउने प्रस्ताव गरेको छ ।
आज बसेको कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले प्रमुख सचेतकमा थापालाई र सचेतकमा निस्कल राईलाई बनाउने प्रस्ताव गरेका हुन् ।
उनको प्रस्ताव कार्यसम्पादनले सर्वसम्मत निर्णय गरेको छ । अब यस निर्णयलाई संसदीय दलको बैठकले अनुमोदन गर्नुपर्छ ।
यही बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई बनाउने प्रस्ताव गरेको छ । प्रमुख सचेतक बन्न लागेकी थापा र सचेतक बन्न लागेका राई प्रत्यक्ष निर्वाचित सांसद हुन् भने दलको नेता बन्न लागेका आङ्देम्बे समानुपातिक सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4