+
+
Shares

संसद् छलेर अध्यादेश ल्याउने कुरा मर्यादित कदम होइन : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १४:१६

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको बताएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले कानुन बन्ने कुरा जनताको थलोमा पारदर्शी हुनुपर्ने बताए ।

‘सरकारले प्रस्ताव गरे संसद्को अधिवेशन बोलाइसकेपछि बिना जानकारी फेरि संसद् स्थगित भएको पायौं,’ चालिसेले भने, ‘एकातिर बोलाएको संसद् स्थगित गर्ने अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा मर्यादित कदम होइन ।’

यसरी अध्यादेश ल्याउने तयारी हुँदा त्यसले सरकारलाई अनुकूलता प्रदान नगर्ने उनले बताए ।

‘त्यसले अनुकूलता प्रदान गर्दैन । जनताको थलोमा हरेक कुरा पारदर्शी रुपमा छलफल होस्,’ उनले भने, ‘बोलाइएको संसद् स्थगित गरेर अध्यादेश ल्याइयो भने त्यो उचित होइन भनेर हामीले असहमति व्यक्त गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?