+

रिहाबका लागि कतार पुगिन् साम्बा, भन्छिन्– नेपाली फुटबलको अवस्था देखेर निराश छु

२०८३ वैशाख  २१ गते १६:५९ २०८३ वैशाख २१ गते १६:५९
रिहाबका लागि कतार पुगिन् साम्बा, भन्छिन्– नेपाली फुटबलको अवस्था देखेर निराश छु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी घुँडाको शल्यक्रियापछि कतारको एसपेटार अस्पतालमा रिहाबका लागि पुगेकी छन् ।
  • साम्बाले सामाजिक सञ्जालमार्फत समर्थक र सहयोगीप्रति आभार व्यक्त गर्दै आफ्नो रिकभरी राम्रोसँग अगाडि बढिरहेको जानकारी दिएकी छन् ।
  • उनले नेपालमा फुटबलको वर्तमान अवस्थाबाट निराश भएको उल्लेख गर्दै चाँडै सुधार आउने आशा व्यक्त गरेकी छन् ।

२१ वैशाख, काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) घुँडाको शल्यक्रियापछि रिहाबका लागि कतार पुगेकी छन् ।

उनले कतारको एसपेटार अस्पतालमा केही महिना बसेर उपचार र पुनःस्थापना प्रक्रिया अघि बढाउने बताएकी छन् ।

साम्बाले सामाजिक सञ्जालमार्फत समर्थक, क्लब र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्नो रिकभरी राम्रो रूपमा अगाडि बढिरहेको जानकारी दिएकी छन् ।

यद्यपी, उनले नेपालमा फुटबलको वर्तमान अवस्था देखेर निराश भएको उल्लेख गरेकी छन् । साथै, चाँडै सुधार आउने आशा व्यक्त गर्दै आफू मैदानमा फर्किने लक्ष्यमा केन्द्रित रहेको बताएकी छन् ।

अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङटन फोनिक्सबाट खेल्ने साम्बा गत पुसमा खेलकै क्रममा चोटग्रस्त भएकी थिइन् । गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको थियो ।

त्यसको करिब दुई महिनापछि फागुनमा साम्बाले उपचारमा एन्फाले सहयोग नगरेको गुनासो गर्दै आर्थिक सहयोगको अपिल गरेकी थिइन् । उनको अपिलपछि विश्वभरबाट नेपाली समर्थकहरूले आर्थिक सहयोग जुटाएका थिए ।

त्यसपछि न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले सफल शल्यक्रिया गरेका थिए । त्यसबेला खाडी क्षेत्रमा अवस्था सहज नभएकाले कतारस्थित एस्पेटार पुग्न कठिन भएपछि न्युजिल्यान्डमै उपचार गरिएको थियो ।

सावित्रा भण्डारी सावित्रा भण्डारी ‘साम्बा’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय