News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटमा मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स मर्ज भएर एउटै नयाँ फ्रेन्चाइज बन्ने तयारी भएको छ ।
- नयाँ एकीकृत फ्रेन्चाइजले मेलबर्न क्रिकेट ग्राउन्डमा नयाँ उपनाम र नेभी ब्लु रंगको किटसहित खेल्ने तयारी गरेको छ ।
- क्रिकेट भिक्टोरियाले आफ्नो दोस्रो लाइसेन्स पूर्ण रूपमा बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै यो मर्जर प्रक्रियाले औपचारिकता पाउने भएको छ ।
१९ जेठ, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) क्रिकेटमा ठूलो परिवर्तन हुने संकेत देखिएको छ, जहाँ मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स मर्ज भएर एउटै नयाँ फ्रेन्चाइज बन्ने तयारी भएको छ ।
अस्ट्रेलियन पत्रकार एवं सेभेन स्पोर्ट्सका एक्सपर्ट टम मोरिसले सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै दुवै क्लबका स्टाफलाई यो निर्णयबारे पहिले नै जानकारी दिइसकिएको बताएका छन् ।
उनका अनुसार अब मेलबर्नका यी दुई टोली एकीकृत भएर एक नयाँ भिक्टोरियन फ्रेन्चाइजको रूपमा मेलबर्न क्रिकेट ग्राउन्डमा खेल्नेछन् ।
नयाँ फ्रेन्चाइजलाई ‘मेलबर्न’ नाममै राखिने भए पनि यसको नयाँ निकनेम (उपनाम) हुनेछ, जुन हालसम्म सार्वजनिक गरिएको छैन । सम्भावित रूपमा नयाँ टोलीले नेभी ब्लु रंगको किट प्रयोग गर्ने बताइएको छ ।
क्रिकेट भिक्टोरियाले आफ्नो दोस्रो बीबीएल लाइसेन्स पूर्ण रूपमा बिक्री गर्ने प्रतिबद्धता जनाएको छ, जसले यो मर्जरलाई औपचारिक रूप दिने बाटो खोल्नेछ ।
यो निर्णयलाई बीबीएल इतिहासकै ठूलो संरचनात्मक परिवर्तनमध्ये एक मानिएको छ ।
प्रतिक्रिया 4